अन्तर्राष्ट्रिय पदक विजेतालाई प्रोत्साहन भत्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता स्वरुप मासिक पाँच हजार रुपियाँ प्रदान गरेको छ । सागका ८५ स्वर्ण विजेता र एसियालीका ५ पदक विजेतालाई चार महिनाको एक मुष्ट २१ लाख ८० हजार वितरण गरियो ।

हाल स्वदेशमा रहेका खेलाडीलाई मात्र उक्त भत्ता प्रदान गरिएको हो । राखेपले मृत्यु भइसकेका बक्सरद्वय दलबहादुर राना मगर, पुष्करध्वज शाही र पौडी खेलाडी चित्रबहाुदर गुरुङको हकमा भने मासिक पाँच हजार रुपियाँको दरले २० महिनाको एकमुष्ठ रकम परिवारलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, सागमा एकभन्दा बढी स्वर्ण वा एसियालीमा एकभन्दा बढी पदक जित्ने सात खेलाडीलाई मासिक प्रति पदक पाँच हजार रुपियाँ प्रदान गरेको छ ।

यस्तो उपलब्धी हासिल गर्नेमा धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, तेक्वान्दोका दीपक विष्ट, करातेका दीपक श्रेष्ठ, तेक्वान्दोकी संगिना वैद्य, बक्सिङका चित्रबहादुर गुरुङ र तेक्वान्दोकी आयशा शाक्य छन् ।

त्यस अनुसार दीपक विष्टले सबैभन्दा बढी सागको ४ स्वर्णका लागि २० हजार र एसियालीको २ कांस्यका लागि १० हजार रुपैयाँ गरी जम्मा ३० हजार रुपैयाँ प्राप्त गरे । युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहालले पदक विजेतालाई पुरस्कृत गरे । चालू आर्थिक वर्षको साउन देखि कात्तिक महिनाको भत्ता खेलाडीलाई प्रदान गरिएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा