भेट्रान्स टेवलटेनिस टोली इन्डोनेसियातर्फ

6452866663काठमाडौं । दशौं एसियाली प्यासिफिक भेट्रान्स टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली भेट्रान टोली सोमबार इन्डोनेसियाको बान्डुङ प्रस्थान गरेको छ । डिसेम्बर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा ९ भेट्रान खेलाडीले विभिन्न ३ उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुमा तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का रजत विजेता धर्ममान वज्राचार्य, नवीनबहादुर शाक्य, प्रज्ज्वलकान्त मैनाली, कपुर शर्मा, धर्म शाही, मोहनदास बासुकला, रविन्द्र जोशी, निकेश जोशी र सुरेन्द्र ढकाल रहेका छन् । वज्राचार्य भने मंगलबार मात्र जानेछन् ।

नेपालले ४० वर्षमाथि र ५० वर्षमाथि टिम र सिंगल्स तथा ६० वर्षमाथि सिंगल्समा भाग लिनेछन् । प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय प्रतिस्पर्धी सहभागी हुने बताइएको छ । टोलीलाई नेपाल भेट्रान्स टेबलटेनिस संघकी अध्यक्ष निनु सत्यालले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज