मृतक पौडेलको परिवारलाई ग्राहक दुर्घटना विमा

dev-2
पर्वत/पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित देव विकास बैंकले दुर्घटनामा परी ज्यान गुमाएका मृतक ग्राहकको परिवारलाई दुर्घटना विमा प्रदान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बैंकको शाखाले विमा स्वरुपको रकम मृतक सन्तोष पौडेलको परिवारलाई हस्तान्तरण गरेको हो ।
शाखा कार्यालय पर्वतका प्रबन्धक केदारनाथ आचार्यले दिएको जानकारी अनुसार बैंकका निक्षेप कर्ता पकुवा ७ पर्वत घर भई हाल कुश्मा नगरपालिका ११ मा बसोबास गर्दै आएका मृतक सन्तोष पौडेलको परिवारलाई विमा स्वरुपको रु १ लाख रकम चेकमार्फत प्रदान गरेको हो । रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष समेत रहेका पौडेलको गत जेठ २८ गते मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको थियो । पोखरा बाग्लुङ्ग राजमार्गको हेम्जामा ग १ ख ४३५४ को टिप्परले ध १ प १९४७ को मोटरसाईकल लाई ठक्कर दिदा पौडेलको मृत्यु भएको थियो ।
सोमबार जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासेनी मार्फत मृतक पौडेलकी धर्मपत्नी सर्मिला बराललाई उक्त रकम चेकमार्फत हस्तान्तरण गरिएको हो । यस अघि शाखा स्थापना पश्चात् कुश्मा बजारकै मृतक राजन पौडेलको परिवारलाई दुर्घटना विमा बापतको रकम १ लाख रुपैँया बैंकले प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’