भूकम्पको पराकम्पमा परि एक पर्वतारोहीको मृत्यु

काठमाडौं । आज विहान गएको पराकम्पका कारण हिमपहिरो खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । एक विदेशी नागरिक घाइते भएका छन् ।

रामेछाप र सोलुखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो ।

सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार भूकम्पका कारण खसेको चट्टानले लागेर लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ । शेर्पासहितको टोली अमादब्लम हिमाल आरोहणका लागि गएको थियो र आधार शिविरमा बसेको थियो ।

पहिरो खस्दा ब्रिटिश नागरिक पेरिन हिल सामान्य घाइते भएको हिमालयन गाइड्सका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनको उपचार काठमाडौंस्थित सेभिक ट्राभल मेडिसिन सेन्टरमा भइरहेको छ ।

क्याम्प टुबाट क्याम्प थ्री तर्फ जाँदै गर्दा भूकम्पका कारण हिम पहिरो खसेको थियो । हिम पहिरोमा परेका शेर्पाको टाउको र हातमा चोट लागेको थियो । घाइते ४५ वर्षका शेर्पालाई उद्धार गरी हेलिकोप्टरमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रजिअ पाण्डेले जानकारी दिए ।

आरोहण टोलीमा कति जना थिए भन्ने खुलेको छैन । तर, उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

भूकम्पका कारण खसेको पहिरोले लुक्लामा दुई घरमा पुरिएका छन् भने पोखरामा एउटा घर भत्किएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज