नेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित

nepali-women-cricket-team-650x389काठमाडौँ, १३ मङ्सिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । चौबिस रनको झिनो लक्ष्य पछ्याएको श्रीलङ्काले ४.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि ज्योति पाण्डेले १६ रन बनाउनबाहेक अन्य वाट्सओम्यानले बिर्सन लायक प्रदर्शन गरे । सीता राना मगरले चार तथा कप्तान रुविना क्षेत्रीले एक रन बनाए भने अन्य सबै व्याट्सओम्यान शून्य रनमा पेवेलियन फर्किए । नेपालका लागि कप्तान रुविना र करुणा भण्डारीले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । नेपालले अर्को खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ