ड्रोन क्यामरा उडाएको आरोपमा तीन जना अमेरिकी नागरिक कुस्माबाट पक्राउ

पक्राउ परेका अमेरिकी नागरिकहरुमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन

usa-nagarik-577x433

पर्वत/पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा ड्रोन क्यामरा उडाएको आरोपमा प्रहरीले तीन जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो कुस्माबजारबाट पक्रेको छ ।
पर्वतको बड्गाउँ स्थित मुलुककै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको हो ।
पक्राउ परेका अमेरिकी नागरिकहरुमापक्राउ परेका अमेरिकी नागरिकहरुमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन । उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्ला पुलमा अवलोकनका लागि आएका थिए । मोटरसाइकलमा मुस्ताङ्ग पुगेर फर्केका पर्यटकहरु फर्किको प्रहरीले जनाएको छ ।
ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ । प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले ड्रोनबाट कुस्मा, अग्लो पुल र वरपरको भिडीयो खिचिएको छैन । उनीहरुले क्यामराले नै अरु भिडीयो खिचेको बताएका छन । ड्रोन क्यामरा भने अनुमति बिना चलाएको पाइएकोले प्रहरीले नै नियन्त्रणमा राखेको छ। ‘कागजात लिएर आएपछि फिर्ता गर्छौ’ उनले भने ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’