बालाचर्तुदशीमा सेतीवेणी, पञ्चासे, गुप्तेश्वर र अलपेश्वरमा विशेष मेला

dsc02313

पर्वत /पर्वत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिकस्थलमा बालाचर्तुदशीमा सत्बिज छर्ने भक्तालुहरुको घुईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारी गाविसका रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै ठुलो शालिग्राम शिला, पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको पञ्चासे, डहरे देउराली लगायतका स्थानमा पनि बिहानै देखि सत्बीज छर्नेको घुँइचो लागेको छ ।
गुप्तेश्वर गुफामा बिहानै देखि हजारौ श्रद्धालुहरु सद्बीज छरिरहेका छन । यहाँका छिमेकी जिल्लाबाट समेत ठुलो संख्यामा भक्तजन आउनेगर्छन ।
यस्तै पञ्चासेमा यस बर्ष सत्बीज छर्नेको भीड नै लागेको छ । पर्वत, कास्की, स्याङ्गजा, बागलुङ्ग लगायतका क्षेत्रबाट हजारौ श्रद्धालुहरु पञ्चासे आएको पञ्चासे क्षेत्र बिकास समितिले जानकारी दिएको छ । मुलुकमै सबैभन्दा लामो क्षेत्रमा सत्बीज छर्ने स्थान पञ्चासे हो । यहाँ निरन्तर डेढ घण्टाको पैदल दुरीमा पञ्चकोशी ताल देखि सिद्धबाब मन्दिर सम्म सत्बीज छरिदै आएको छ।
त्यस्तै अलपेश्वर गुफामा गुफा संरक्षण समितिको आयोजनामा मेला लागेको छ । मेलामा भजन कृतन तथा नाचगान भैरहेको छ । शिव मन्दिरहरुमा हरेक वर्षको बालाचतुर्दशी, शिवरात्री, रामनवमी, साउन महिनाभर पुजाआजा हुने गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’