मोर्चाको स्पष्ट धारणा नआएसम्म संशोधन प्रस्ताव दर्ता नहुने

dahal-deuba-650x433काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्ष निकालेका छन् ।
मोर्चाका नेताहरूले संशोधन विधेयक दर्तापछि समेत आफ्ना माग पूरा नहुने प्रतिक्रिया दिएपछि सत्तारूढ प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्र मोर्चासँग थप आश्वस्त हुन खोजेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।
मोर्चाको स्पष्ट धारणा आएपछि मात्र संविधान संशोधन विधेयक अघि बढाउने उनीहरूबीच समझदारी भएको छ ।
दुई नेताको समझदारीपछि आइतबार मन्त्रिपरिषदको बैठकले संविधान संशोधन विधेयक अघि बढाउनेबारे कुनै निर्णय गरेन ।
कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् बैठकबाट संशोधन प्रस्ताव पारित गरी संसदमा दर्ता गर्ने तयारी गरेका थिए ।
तर मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री दाहाल तथा कांग्रेस सभापति देउवाबीच सत्तारूढ पार्टी र मधेसी मोर्चाको स्पष्ट धारणा नबनाई संविधान संशोधन प्रस्ताव अघि बढाउँदा प्रत्युत्पादक हुने निष्कर्ष निस्किएपछि दर्ता गर्ने प्रक्रिया स्थगित भएको हो ।
अधिकतम सहमति जुट्ने अवस्था सिर्जना गरेर मात्र संशोधन प्रस्ताव दर्ता गर्ने उनीहरूबीच समझदारी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना