लोकमानको फेरी अर्को बदमासी भेटियो

lokman
काठमाडौं, १३ मंसिर । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ ।

ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको थियो ।

राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए ।

कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।

२०६४ साउन २८ गतेपछि बिनासूचना ९० दिनभन्दा बढी गयल भएका योजना आयोगका तत्कालीन विशेष अधिकृत लोकमानसिंह कार्कीले बर्खास्तको कारबाहीकै दौरानमा राजीनामा दिएका थिए, यो तथ्यलाई नजरअन्दाज गरी संवैधानिक परिषदको वैशाख २२ गतेको बैठकले उनलाई ‘इमानदार’ ठहर्‍याउँदै अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।

चरणबद्ध रूपमा २०६३ साउनदेखि ३ सय ८५ दिनभन्दा बढी बिदा बसेका लोकमानको २०६४ साउनको चौथो साता सञ्चित रहेका सबै बिदा सकिएको थियो ।

त्यसपछि उनले अस्वस्थताको कारण देखाई साउन २८ देखि ३२ गतेसम्म बिदाको निवेदन दिएका थिए ।

साथै उनले त्यसपछि एक वर्ष बेतलबी बिदाको माग पनि गरेका थिए । ‘उनले माग गरेको ४ दिनको बिदा नै स्वीकृत थिएन भने योजना आयोगले बेतलबी बिदासमेत अस्वीकृत गरेको थियो,’ त्यतिबेला योजना आयोगमा कार्यरत एक अधिकृत सम्झिन्छन्, ‘बिदा अस्वीकृत भएपछि हाजिर हुनु त टाढाको कुरा, कार्की एकाएक बेपत्ता भइदिए ।’

कार्कीले २०६३ साउनदेखि असोजसम्म ५२ दिन बिदा लिएका थिए । त्यसपछि फेरि उनले मंसिर मसान्तसम्म १ सय २३ दिन बिदा थपे ।

यसक्रममा उनले विभिन्न क्लिनिक, अस्पताल, चिकित्सक र आयुर्वेद औषधालयको सिफारिस पेस गरेका थिए । दर्जनौं पटक बिदा थपेपछि उनी २०६४ साउन २८ गतेदेखि गयल थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)