मेसीलाई आजीवन क्लबमा राख्न बार्सिलोनाले सार्थक वार्ता गर्ने

messiबार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरूद्ध डिसेम्बर ३ मा हुने ‘अल क्लासिको’ भिड्न्तअघि आफ्नो स्टार स्ट्राइकर लिओनल मेसीको सम्झौताको समय लम्ब्याउने विषयमा कुरा अगाडि बढाउने भएको छ।

क्याटलान डेली स्पोर्ट्स पत्रिकाका अनुसार बार्सा अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेसीका बुवासँग भेटेर ‘अल क्लासिको’ भिड्न्तपछि अर्जेन्टिनी स्ट्राइकरलाई जीवनभरीका लागि अनुबन्ध गर्ने प्रस्ताव अघि सार्न लागेका छन्।

मेसीलाई आफ्नो क्लबमा अनुबन्धित गर्न इङ्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड ज्यान फेकेर पछाडि लागेका छन्। २९ वर्षीय मेसीका लागि अर्बो रुपैयाँको प्रस्ताव उनीहरूले गोप्यरुपमा अघि सारिसकेको बताइएको छ। बार्सिलोनासित मेसीको पुरानो सम्झौता २०१८ को जुनमा समाप्त हुँदैछ। उनको सम्झौतालाई २०१८ को जनवरीसम्म अगाडि बढाउन नसकेको खण्डमा मेसी बार्सिलोनाबाट स्वतन्त्र हुनेछन्।

मेसी २९ वर्षको उमेरमा पनि उत्कृष्ट फुटबल खेलिरहेका छन्। च्याम्पियन्स लिगअन्तर्गत गत साता मेसीले २ गोल गरेपछि सेल्टिकलाई २–० ले पराजित गर्दै बार्सिलोना समुह ‘सी’ को विजेताको हैसियतले नकआउट चरणमा प्रवेश गरेको थियो। त्यसअघि हल्का ज्वरोका कारण नोभेम्बर १९ मा मालागाविरूद्ध खेलिएको ला लिगा खेलमा मेसी अनुपस्थित थिए। जुन खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो। यसै कारण मिडियाहरूले बार्सिलोना मेसीको भरमा अगाडि बढेको समाचार छापेका थिए।

जुन कुरा अस्विकार गर्दै मेसीले केही दिनअघि मात्र बार्सिलोना आफ्नो भरमा अगाडि नबढेको प्रतिक्रिया दिएका थिए। मेसी यस सिजन घरेलु लिगको ९ खेलमा ८ गोल गरिसकेका छन्। उनी आइतबार राति रियल सोसिडाडविरूद्ध एनोइटामा हुने खेलमा क्याटलान टिमका लागि उपलब्ध हुने आशा गरिएको छ। बार्सिलोनाले पछिल्लो सात भिड्न्तमा सोसिडाडलाई उसको घरमा हराउन सकेको छैन।

बार्सिलोना घरेलु लिगमा हाल शीर्षस्थानमा रहेको रियल म्याड्रिडभन्दा सात अंकले पछाडि छ। मेसीले च्याम्पियन्स लिगको ५ खेलमा ९ गोल गरिसकेका छन्। उनी च्याम्पियन्स लिगमा हाल गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा