एप्पल चाइनाले खराब ब्याट्री निःशुल्क फेरिदिने

2141598702apple आइफोन सिक्स स्मार्टफोन प्रयोग गर्ने चिनियाँ प्रयोगकर्ताकोे ब्याट्रीमा समस्या देखिएकोले एप्पल चाइनाले खराब ब्याट्री निःशुल्क फेरिदिने घोषणा गरेको छ ।
यसअघि चीनमा  प्रयोगकर्ताले स्मार्टफोन अकास्मात बन्द हुने समस्या भोग्दै आएपछि आइफोन सिक्सले यस्तो घोषणा गरेको समाचार संस्था आईएएनएसले बताएको छ ।
उपभोक्ताले आइफोन सिक्स फोनमा ब्याट्री लेभल ५० प्रतिशत देखाए पनि स्वीच अफ हुने समस्या भएको उजुरी गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
गत हप्ता चीनको उपभोक्ता संगठनले एप्पललाई चिठी पठाएर यस बारे स्पष्ट पार्न अनुरोध गरेको थियो । यसपछि एप्पल खराब ब्याट्री परिवर्तन गर्न राजी भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी