आफ्नो बारेमा जानकारी दिन मोबाइल एप्स ल्याउँदै सन्नी लियोनी
एजेन्सी /बलिउडका हट अभिनेत्रीका रुपमा छाएकी सनी लियोनीले आफ्नै बारेमा बनेको मोबाइल एप्स लन्च गर्ने भएकी छिन् । सनी लियोनीका लाखौं फ्यानहरू रहेका छन् । सनी लियोनीले आफ्ना फ्यानहरूलाई एप्स मार्फत आफ्नो सबै जानकारी दिन मोबाइल एप्स लन्च गर्न लागेको बताएकी छिन् ।
कगललथ
ट्वीटमा लेख्दै सनी लियोनीले आफ्नो पर्सनल मोबाइल एप्स अबको केही दिनमै लन्च गर्ने जानकारी दिएकी हुन् । उनले ट्वीटमा लेखेकी छिन् ‘म यो कुरा सुनाउन पाउँदा निकै हर्षित भएकी छु की अबको ६ दिनपछि मेरो आफ्नै मोबाइल एप्स लन्च गर्न गइरहेकी छु ।’
आफ्नो मोबाइल एप्स लन्च हुन केही दिन मात्र बाँकी रहेको बताउँदै उनले रजिष्ट्रेशन गर्न आफ्ना फ्यानहरूलाई आग्रह गरेकी छिन् । सनीले यसअघि पनि सन २०१४ मा आफ्नो मोबाइल एप्स लन्च गरेका थिए जसलाई उनका फ्यानहरूले धेरै मनपराएका थिए ।