तपाईलाई थाहा नभएका १५ रोचक तथ्य

एजेन्सी र तपाईलाई थाहा नहुन सक्छ यी १५ रोचक तथ्यहरु । हामीले एजेन्सीको सहयोगमा यी तथ्य तपाईको जानकारीका लागि पस्केका छौ ।
obama-2१. ब्राजिलको कारागारमा कैदीहरूले किताब पढेर त्यसको प्रतिवेदन बुझाएमा चार दिनको सजाय कम गरिन्छ ।
२. जापानको जन्मदर असाध्यै कम भएकाले बच्चाको डाइपरभन्दा बढी बुढा मान्छेको डाइपर बिक्छन् ।
३. टाइम (TIME)म्यागजिनको खास पूरा रूप The International Magazine of Events हो । धेरैलाई टाइम अर्थात् समय होला पत्रिकाको नाम भन्ने भ्रम छ ।
४. ह्वाइट हाउसमा राष्ट्रपतिले सित्तैमा बस्न पाउँदैनन् । प्रत्येक महिना उनले खाना, पानी र अन्य खुद्राखाद्रीको महसुल बुझाउनुपर्छ ।
ह्वाइट हाउसको आफ्नो कक्षमा अमेरिकन राष्ट्रपति ओबामा ।
५. मध्य अमेरिकामा रहेको पानामा नहर बनाउने क्रममा दुर्घटना र स्वास्थ्य समस्याका कारण पाँच हजारजना भन्दा बढीको मृत्यु भयो ।
६. रोमनहरू दाँत चम्काउनका लागि पिसाबको प्रयोग गर्थे ।
७. संसारमा १० करोड मानिसको रातो कपाल छ ।
८. अमेरिकामा आठमध्ये एक मानिस कुखुरो पकाएर खाने रेस्टुरेण्ट,म्याकडोनाल्डमा काम गर्छ ।
९. इन्टरनेटमा भएका ३७ प्रतिशत वेबसाइट पोर्न हुन् ।
१०. संसारका ५ करोड मानिस जतिखेर पनि नशामा झुम भएका हुन्छन् ।
११. दुई करोड अमेरिकीले कहिल्यै पनि ननुहाएको दाबी गरे ।
१२. देब्रे हातले लेख्ने मान्छे दाहिनेले लेख्नेको तुलनामा तीन वर्षअगाडि मर्छन् ।
१३. इजिप्टको पिरामिडमा काम गर्ने मजदुरलाई पारिश्रमिकका रूपमा प्रतिदिन चार लिटर बीयर खान दिइन्थ्यो ।
१४. कुनै पनि फुटबल म्याचको अहिलेसम्मको ठूलो स्कोर १४९—० हो । सन् २००२ मा माडागास्करको टिम एएस अडेमाले स्तादे ओलम्पिक दे लमर्नेलाई त्यो अन्तरले हराएको थियो ।
१५. संसारको सबभन्दा ठूलो सपिङ मल चीनको दोङगुआनमा रहेको न्यु साउथ चाइना मल हो । यसको ९९ प्रतिशत भाग खाली छ । त्यसैले यसलाई मरेको मल (डेड मल) पनि भनिन्छ ।
स्रोत स् पन्जाब केशरी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो