औषधी बिना नै गर्भ रोक्न जानी राखौ यी नयाँ तरिका

lady-pilesकाठमाडौं, १२ मंसिर– गर्भ रोक्नको लागि प्राय महिलाहरु गर्भनिरोधक औषधीको प्रयोग गर्छन् । यसलाई उनीहरु सजिलो र सुविधाजनक उपाय ठान्छन् ।

यी औषधी खाँदा गर्भ रोक्नुका साथै अनुहारमा आउने चाँया र दागबाट समेत छुटकारा मिल्छ । तर यो विधि सबै महिलामाथि उपयोगी हुन्छ भन्ने छैन् ।

 

हालै डेनमार्कमा गरिएको एक अनुसन्धानका अनुसार गर्भनिरोधक औषधीले डिप्रेशनको खतरा बढ्ने देखिएको छ ।

गर्भ रोक्ने चार नयाँ तरिका जसले गर्भनिरोधक औषधी बिना नै गर्भ रहनबाट बच्न सकिन्छ ।

फर्टिलिटी एप्स
फर्टिलिटी एप्सका माध्यमबाट प्रजनन अवधिका बारेमा जानकारी पाउन सकिन्छ । यसको लागि प्रयोग गर्ने महिलाको हरेक समयको तापमानको बारेमा ध्यान दिनुपर्छ ।

1-lady

यस एप्सका बारेमा पत्रकार होलि ग्रीग स्पैलले भने– केवल तीस सेकेण्डमै कहिले प्रजनन हुने वा नहुने भन्ने बारेमा थाहा पाउन सकिन्छ । जब प्रजनन हुन्छ त्यसबेला सेक्स गर्न हुन्छ वा हुँदैन, कुनबेला कण्डमको प्रयोग गर्ने भन्ने बारेमा पनि यस एप्स मार्फत जानकारी लिन सकिन्छ ।

गर्भ निरोधक हर्मोनको बारेमा बर्षौ लागेर गरेको अनुसन्धान ‘स्विटनिङ द पिल’ किताबमार्फत उनले सार्वजनिक गरेका छन् ।

नयाँ पिल्स
गर्भ रोक्ने दुइ किसिमका औषधी हुने गर्छ । एस्ट्रोजन र प्रोजेस्टेरोन दुई किसिमका हर्मोन हुन्छन् ।
यी दुइटै हर्मोन महिलाको शरीरमा हुन्छन् । तर उक्त हर्मोनको मात्रा बढाएमा अण्डाशयबाट अण्डाणु उत्पादन रोक्ने गर्छन् । उच्च रक्तचाप भएका महिलाले एस्ट्रोजन नामक औषधी प्रयोग गर्नु हुँदैन् । उनीहरुले प्रोजेस्टेरोन हर्मोनको मात्र प्रयोग गर्नु पर्छ ।

2-lady

जसलाई मिनी पिल भनिन्छ । यी दुई प्रकारका हर्मोन ९९ प्रतिशत प्रभावकारी छ ।
फ्याक्लटी अफ सेक्सुअल एण्ड रिप्रोडक्टीभ हेल्थकेयरका डेपुटी डाइरेक्टर सारा हार्डम्यानले भने – यदि एउटा हर्मोनका कारण साइड इफेक्ट हुन्छ भने दोस्रो हर्मोनले पनि साइड इफेक्ट गर्छ भन्ने हुँदैन । ’

पुरुषको लागि पिल्स
महिलाको लागि गर्भ रोक्ने औषधी जतिकै पुरुषले प्रयोग गर्ने गर्भनिरोधक औषधी पनि पुरानो मानिन्छ । तर यसले साइड इफेक्ट गर्छ भन्ने धारणाका कारण यसको प्रयोग न्युन भएको छ ।

3-lady

युनिभर्सिटी अफ वोल्वरहैपटनका शोधकर्ताले गर्भनिरोधक औषधीको बारेमा आशालाग्दो प्रगति गरेका छन् । उनीहरुले विशेष प्रोटीनको विकास गरेका छन् जसले शुक्राणुको गतिमा ढिला गराउँछ ।

यसलाई पिल्स, स्प्रे वा क्रिमको आकारमा बनाएका छन् जसलाई सेक्स गर्नु केही घण्टाअघि प्रयोग गर्नुपर्छ ।

पुरुषको लागि गर्भनिरोधक सुई
हालै गरेको एक अनुसन्धानका अनुसार गर्भ निरोधनका लागि पुरुषले प्रयोग गर्ने पिल्स ९६ प्रतिशत मात्र प्रभावकारी हुने बताएका छन् ।

4-lady

यसको प्रयोग २सय १७ जनामाथि प्रयोग गरिएको थियो । उनीहरूलाई दुइ प्रकारका हर्मोन हरेक आठ हप्तामापछि प्रयोग गरिएको थियो ।एक प्रोजेस्टेरोन र टेस्टोस्टेरोन नामक हर्मोन प्रयोग गरेको थियो । ६ महिनासम्म उनीहरुको बारेमा जाँचगर्दा शुक्राणुको संख्यामा दशलाख भन्दा कमी आएको थियो । बीबीसी 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास