प्रेमीकाको नजरको गहिराईमा भुलाउने दोहोरीगीत –के फुल्यो नभने माया बजारमा
केपी कुमार जलनर(बागलुङ्
आफ्नी प्रेमिकाको नजरको गहिराईमा नडुब्ने को होला र ? अझै प्रेमिकाको नजरको गहिराईमा डुबुल्की मार्दै कल्पनाको संसारमा दौडनुको मज्जा नै बेग्लै । यस्तै कल्पनाको गहिराईमा डुबेका शब्दहरुले भरिएको दोकदोहोरीगीत बजारमा आएको छ ।
लोकगीतका सर्जक तथा शसस्त्र प्रहरी निरीक्षक बिष्णु पौडेलको के फुल्यो भने माया बोलको लोक दोहोरीगीत बजारमा आएको हो ।
सर्जक पौडेलको शव्द चर्चित गायक बिष्णु खत्रीको लयमा सजिएको उक्त गीतमा आवाज भने गायक राजन कार्कीको रहेको छ भने लोकप्रिय गायिका देबी घर्तीले साथ दिएकी छन् । निर्देशक सिर्जन बरालको निर्देशनमा निर्मल क्षेत्री र निरुता शाही ठकुरीले निक्कै राम्रो अभिनय गरेका छन । गीतको म्युजिक भिडियोलाई जनता फिल्म्स प्रालिले निर्माण गरेको छ । उक्त गीतमा एउटा प्रेमि आफ्नो प्रेमिका को सुन्दरताको वयान गर्छ अनी उसलाई अरुको हेराई भन्दा आफ्नी प्रेमिकाको हेराई नै सुन्दरता लाग्छ अनी भनेका छन जिवनभर सम्वन्ध अटुट अटुट वनोश भन्ने सन्देश दिन खोजीएको छ।सर्जक पौडेलका आगमी दिनहरुमा बुन तिमी परेलीमा..आधुनिक गीत बुद्द खेल्ने आगन। स्वदेस गान फुर्सद हुदा हिजो फेरि आधुनिक गीत बजारमा आउने तयारीमा रहेको जानकारी दिए
सानै देखी नेपाली गित संगीत प्रतिको माया भएकै कारण उनले थुप्रै गीतमा शव्द सृजना गरेका छन। संख्यात्मक तीत भन्दा गुणात्मक गीत गाउन लेख्न मन पराउने सर्जक पौडेलले भर्खर मात्रमा के फुल्यो नभने माया लोक दोहोरी गीत बजारमा लिएर आएका छन
“के फुल्यो न भने माया… भन्दै निर्मल क्षेत्रीले निरुतासंग यसरी कम्मर मर्काए”- भिडियो सहित