चालु आबमा पर्वत जिल्ला भित्र खानेपानीका ६१ योजना

img_0011

पर्वतमा चालु आर्थिक बर्षमा ६१ वटा खानेपानी योजना सञ्चालनमा रहेका छन ।
खानेपानी तथा सरसफाई डिभीजन कार्यालय पर्वतले चालु वर्षको प्रथम चौमासिक समिक्षा एवं वार्षिक विकास कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रमका अवसरमा ६१ वटा योजना चालु अवस्थामा रहेको जानकारी दिएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै डिभिजन प्रमुख प्रेम प्रकाश डोटेलले चालु आर्थिक वर्षमा ९० लाख ८३ हजार चालु तथा १२ करोड ८१ लाख ४८ हजार पुंजिगत गरि कुल १३ करोड ७२ लाख ३१ हजार बजेट रहेको कुरा जानकारी गराउनुभयो । उहाले जिल्लामा अधिकांस योजनाहरु क्रमागत रहेको भन्दै सरकारले निकै बम बजेट पठाउँदा समयमा कार्यसम्पादन गर्न समस्या भएको जानकारी गराउनुभयो । जिल्लामा सञ्चालन भएका कार्यक्रम मध्ये खानेपानी तथा सरसफाईका ५९ वटा योजना सहित सरसफाई, जलवायु अनुकलन तथा वर्षाते पानी संकलन, भुकम्पबाट क्षतीग्रत खानेपानीका संरचना पुनःनिर्माण, खानेपानी सुरक्षा, मध्यम तथा ठुला खानेपानी, सुचना व्यवस्थापन लगायतमा छुट्टाछुट्टै बजेट प्रस्तुत गरिएको थियो । कार्यक्रमका अवसरमा चालु वर्षको पहिलो चौमासिकमा भएका प्रगतिका बारेमा समिक्षात्मक टिप्पणी समेत गरिएको थियो । कार्यक्रममा विभिन्न सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला खानेपानी तथा सरसपाई डिभिजन कार्यालयका सुचना अधिकृत टेकनारायण सुबेदीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’