पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य

3-4-770x450लन्डन । पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत भएका छन् । समाजको शनिवार अल्डरशटमा सम्पन्न पांचौ अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ ११ सदस्सीय कार्यसमितिको चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा एक बहादुर पुन, संजिव गुरुङ,
महासचिवमा भरत पौडेल, सचिवमा बिनोद पुरी र कोषाध्यक्षमा नेत्र आलेमगर चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरुमा गम बहादुर र्गबुजा, भिम पुर्जा, अंग र्गबुजा, मेख तिलिजा, गंगा र्खोजा, बासुदेब पौडेल चयन भए । बांकी सदस्यहरुको टुंग्गो पदाधिकारी बैठकले लगाउने भएको छ ।

अधिवेशनको उद्धघाटन अध्यक्ष नरजङ गुरुङ र संस्थापक हितकाज काजी गुरुङले सँयुक्त रुपमा गरेका थिए । अधिवेशनमा गैरआवासीय नेपाली सँघका यूरोप सँयोजक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पुरन गिरी,निर्वाचन समितिका संयोजक मान बहादुर गुरुङ, रस बहादुर गुरुङ, नारायणकोने गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुमकामना मन्तब्य दिएका थिए । सचिव हरि गुरुङले सँचालन गरेको उद्धघाटनसत्रमा उपाध्यक्ष दधि आचार्यले स्वागत मन्तब्य दिए ।
1
अधिवेशनले कोषाध्यक्ष दिपक जोशी र अध्यक्ष नरजंग गुरुङद्धारा प्रस्तुत आर्थिक तथा वार्षिक प्रतिवेदनलाई सर्वसम्मतले अनुमोदन गरेको छ । सोही अवसरमा तुमधीं यूकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ लगायत पर्वत जिल्लाबाट तमुधीं यूकेमा प्रतिनिधत्व गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना