मानब अधिकार संगठनको अध्यक्षमा रेग्मी

22491_121114264708229_1479301068_n
पर्वत/नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको अध्यक्षमा पत्रकारिता तथा न्यायको क्षेत्रमा क्रियाशिल अधिबक्ता हरीनारायण रेग्मी चयन भएका छन् ।
संगठनको शनिबार कुस्मामा सम्पन्न प्रथम अधिबेशनबाट अधिबक्ता रेग्मी निर्बीरोध अध्यक्षमा चयन भएका हुन ।
नव निर्बाचित कार्यसमितिको उपाध्यक्षमा केदारनाथ आचार्य, सचिव माधवप्रसाद पौडेल, सहसचिव कामना रेग्मी, कोषाध्यक्ष जगत सापकोटा, सदस्यहरुमा बिनोद सुवेदी, रामकृष्ण रेग्मी, अच्युत तिवारी, बिमलप्रसाद शर्मा पौडेल, शान्ति शर्मा कुमाल र मुना शर्मा लामिछाने रहेका छन् । नवनिर्बाचित कार्यसमितिको सल्लाहकारहरुमा बसन्तबहादुर सिके, द्रोणराज उपाध्याय, पृथ्वीनारायण शर्मा र कुलप्रसाद उपाध्याय रहेका छन् ।
नेपाल मानबअधिकार संगठनका पश्चिमाञ्चल क्षेत्रिय संयोजक नरेन्द्र बास्तोलाले मानबअधिकारकर्मीहरु अझै पनि अधिकारको ग्यारेष्टीका लागि लाग्नुपर्ने सुझाब दिए ।
भेला प्रश्चात आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै नबनिर्वाचित अध्यक्ष हरीनारायण रेग्मीले मानव अधिकारको रक्षाका लागि अन्तराष्ट्रिय मानवीय कानुन अनुसार भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले मानबअधिकार उल्लंघनक घटनमा निष्पक्ष, तथष्ट र बिना पुर्वाग्रह संगठनले भूमिका खेल्ने जानकारी दिए ।
नेपाल मानब अधिकार संगठन पर्वतकी सहसचिव कामना रेग्मीले संचालन गरेको पत्रकार सम्मेलनमा स्वागत मन्तब्य उपाध्यक्ष केदारनाथ आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई