नवलपरासीमा जिप दुर्घटना, सात जनाको मृत्यु
नवलपरासी, १२ मंसिर । नवलपरासीको पहाडी क्षेत्र बुलिङटारको बतासामा जित दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
शनिबार राति ११ः३० बजे भएको थियो । दुर्घटनामा प्रहरी चौकी बुलिङटारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरेका लागि छुटेको ग १ ज ३६३२ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा डाँडाँझेरी छरछरेका २८ वर्षीया सुमन्ती बाचे, ५० वर्षका खिमबहादुर बाचे, ४२ वर्षका लोकबहादुर बाचे, २२ वर्षका दीपक फाल, ४० वर्षका जयबहादुर बाचे, ४९ वर्षका किशन बाचे र ६० वर्षका रेमबहादुर बाचेको ज्यान गएको प्रहरीले जनाएको छ ।
बुलिङटार चौकीमा गाउँको झगडाको विषयमा छलफल गरी फर्किएकाहरू शनिबार राति दुर्घटनामा परेका हुन् । जीप सडकबाट तल खसेर दुर्घटना भएको छ ।
पहाडी क्षेत्र भएकाले दुर्घटना लगतै घाइतेहरुको उद्धार गर्न कठिनाई भएको थियो । घाइतेलाई आइतबार बिहान मात्रै चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा लगिएको छ ।
ज्यान गुकाएकाको शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । दुर्घटनामा परेर ज्याउन गुमाउनेहरू सबै एउटै गाउँका हुन् । दुर्घटनामा सात जनाको मृत्यु भएपछि छरछरे गाउँ शोकमा डुबेको छ ।