कमल थापालाई उपप्रधानमन्त्री दिएर फकाउने प्रयासमा प्रचण्ड

www.gorkhalinews.com Kamal Thapa (1)
संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन्।
प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्‍याउने प्रधानमन्त्रीको प्रयास छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक निर्णय गर्न सकेका छैनन् । केही दिनअघिमात्र एकीकरण भएको पार्टीमा विधिवत रुपमा यो प्रस्ताव लैजाने समय थापाले पर्खिरहेको स्रोत बताउँछ।
प्रधानमन्त्री दाहालले अनौपचारिक रुपमा उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय विकासमध्ये एक मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतले बतायो।
हाल परराष्ट्र मन्त्रालयको नेतृत्व कांग्रेस नेता डा.प्रकाशशरण महत र स्थानीय विकास मन्त्रालयको नेतृत्व माओवादी केन्द्रका नेता हितराज पाण्डेले गरिरहेका छन् ।
प्रधानमन्त्रीका लागि अध्यक्ष थापालाई सरकारमा सहभागी गराउन परराष्ट्रभन्दा स्थानीय मन्त्रालयको जिम्मेवारी दिनु सहज हुन्छ । दाहालका प्रियपात्र पाण्डे स्थानीय विकासमन्त्री छन् । राप्रपाले उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी मागेको दाबी स्रोतले गरेको छ ।
संशोधन विधेयकमा दुई तिहाइ मत पुर्‌याउन अध्यक्ष थापालाई सत्तामा ल्याउने गृहकार्यमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा सक्रिय रहेको दाबी स्रोतको छ । उपप्रधानमन्त्रीद्वयले अध्यक्ष थापाका निकटतम् सहयोगीसँग समेत परामर्श गरिरहेका छन् । पार्टी एकता भएको केही दिनमै सत्तामा जाने प्रस्ताव राख्ने कि नराख्ने र सत्तामा गएपछि संशोधन प्रस्ताव असफल भएमा आफ्नो नेतृत्वमा समेत प्रश्नचिह्न उठ्ने त्रासमा अध्यक्ष थापा रहेको स्रोतले बतायो ।
पूर्वमन्त्री रामकुमार सुब्बाले पार्टी अध्यक्ष थापालाई सत्तामा आउन प्रधानमन्त्री दाहालबाट प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा प्रस्ताव आएको बताए । उनले अन्नपूर्णसँग भने, ’सत्तामा जाने÷नजाने विषयमा अध्यक्षले आधिकारिक निर्णय लिने वा निर्णयका लागि प्रस्ताव लग्ने काम गरिरहनुभएको छैन ।’ राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन गर्दै मुलुकलाई निकास दिने हो भने राप्रपालाई सत्तामा सम्मानजनक स्थान दिनुपर्छ भन्ने मान्यतामा आफू र पार्टी रहेको बताए ।
राप्रपा अध्यक्ष थापा सत्तामा आए संशोधनमा दुई तिहाइ मत पुग्ने विश्वास प्रधानमन्त्रीको छ । प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ’एमालेका मधेसी मूलका ३७ जना सांसदमध्ये धेरैबाट पनि मत पाउने आशा राखेका छौं । यद्यपि राप्रपाका अध्यक्षसमेत सरकारमा सहभागी हुँदा बहुमत पुर्‌याउन सहज हुने विश्वास गरेका छौं ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’