दुई लाख दर्शक भित्र्याउने लक्ष्य सहित माघ दोस्रो साता पर्वत महोत्सब, तयारी तिब्र बनाइदै
पर्वत /दुई लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य सहित पर्वत उद्योग बाणिज्य संघले माघ दोस्रो साता पाँचौ पर्वत महोत्सव गर्ने भएको छ।
आन्तरिक पर्यटकको प्रर्बद्धन, पर्वतमा उत्पादनहरुको बजारीकरण तथा स्थानिय संस्कृतिको संरक्षण गर्ने उद्देश्य सहित आगामी माघ १३ गतेदेखि २२ गतेसम्म पाँचौ पर्वत महोत्सब आयोजना गर्न लागेको हो ।
पर्वत उद्योग बाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरी महोत्सब आयोजना गर्न लागेको जानकारी दिएको हो । पछिल्लो समयमा कुसमाबजारका अग्लापुलहरु आन्तरिक पर्यटकको रोजाईमा पर्दै आएका छन । पुलहरुका साथै गुप्तेश्वर गुफा, कालीगण्डकीमा जलयात्रा, आदि आकर्षणले पनि पर्यटकको संख्या बाक्लो बन्दै गएको छ। पर्यटकीय नगरी पोखरा आउने पर्यटक तथा पर्वत हुँदै म्याग्दी र मुस्ताङ्ग सम्म आउने पर्यटक समेत भित्र्याउने र यस क्षेत्रका बासिन्दाहरु पनि महोत्सबमा आउने भएकाले २ लाखले अबलोकन गर्ने अनुमान गरिएको मुलआयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए । ‘हामीले महोत्सब अबधीभरमा २ लाख दर्शक भित्र्याउने लक्ष्यका साथ आवश्यक तयारी थालेका छौ’ उनले भने ‘धौलागिरी र पोखरा सम्मका र्दशकहरुलाई भित्र्याउँदा हाम्रो लक्ष्य पुरा हुन्छ ’
महोत्सबमा दैनिक रुपमा राष्ट्रिय कलाकारको उपस्थिति हुनुका साथै रत्यौली, बिद्यालयस्तरीय लोकनृत्य, खुल्ला पुरुष भलिबल, छेलो प्रतियोगिता, खुल्ला दौड प्रतियोगिताहरु समेत सञ्चालन हुन भएकाले दर्शकले भरपुर मनोरञ्जन लिन सक्ने छन । यसले गर्दा पनि दर्शकको चाप बढ्ने अनुमान गरिएको छ। औधोगिक प्रर्दशनी, कृषि प्रर्दशनी, पर्वतमा उत्पादित लघु र घरेलु उद्यमका सामाग्रीहरुको प्रर्दशनीले पनि दर्शक भित्रयने थप मद्दत गर्ने बिश्वास आयोजकको छ ।
महोत्सबमा झण्डै २ करोडको कारोबार हुने र त्यसबाट ४० जति बचत गर्ने लक्ष्य रहेको आर्थिक समितिको संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले बताए । बचत भएको रकमबाट कुस्मामा सिटी हल बनाउने, बड्गाउँचौरमा खेल मैदान निर्माणमा सहयोग गर्ने लक्ष्य रहेको अधिकारीले जानकारी दिए ।
दुई महिना समय बाँकी रहँदा महोत्सबको तयारी समेत तीब्र बनाइएको छ। महोत्सबका लागि आवश्यक प्रचारप्रसारको काम शुरु भएको त्था प्रायोजक खोज्ने काम समेत भैरहेको महासबि ठाकुर बि पौडेलले जानकारी दिए ।
समाप्त मंसिर ११