क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

fidel-castro११ मंसिर । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षका उमेरमा निधन भएको छ ।
उनको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको  बीबीसीले उल्लेख गरेको छ ।

वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले पनि फिडेलको निधन भएको घोषणा गरेका छन् । उनी फिडेलका भाइ समेत हुन् ।
राउलले वामपन्थी आन्दोलनका ‘प्रमुख कमाण्डर’को निधन भएको बताएका छन् ।
कास्ट्रोको स्वास्थ्यबारे चिन्ताहरु व्यक्त भइरहँदा पछिल्लोपटक गत अगस्टमा उनी सार्वजनिक रुपमा देखिएका थिए।
आफ्ना भाइ राउल कास्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गर्नुअघि एकदलीय शासन व्यवस्था अन्तर्गत झण्डै आधा दशक उनले शासन गरेका थिए।
कास्ट्रोका समर्थकले क्युबालाई जनतामा फर्काएका नेताको रुपमा उनको प्रशंसा गर्दछन् तर उनका विरोधीले विपक्षीमाथि क्रुरतापूर्वक दमन गरेको आरोप लगाउने गरेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी