फेरी देखियो राप्रपामा बिबाद

पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो।

एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले रोखेको पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने धारणाप्रति पार्टी अध्यक्ष कमल थापा पक्षले आपत्ति जनाएका थिए। यो समाचार आजको नागरिक दैनिकले छापेको छ।

‘पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत छ, शीर्ष नेताबाट कार्यकर्तामा भ्रम नपारौं’ भन्दै पार्टी अध्यक्ष थापानिकट रहेका सहप्रवक्ता मोहन श्रेष्ठले ट्वीटसमेत गरेका छन् जसालाई थापा स्वयंले रिट्विट गरेका छन्।

हिन्दु राष्ट्र पक्षधर राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरुण भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज