शिवालयमा विविध कार्यक्रम सम्पन्न
गणेश गिरी/पर्वत
पर्वत सदरमुकाममा रहेको शिवालय माध्यमिक विद्यालय कुश्मा पर्वतमा विविधि शैक्षिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शुक्रबारे कार्यक्रम अन्तर्गत हाजिरि जवाफ प्रतियोगीता, पुरस्कार वितरण तथा छात्रबृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयमा आयोजीत एक कार्यक्रममा ६ समूहका वीच हाजिरि जवाफ प्रतियोगीताका सम्पन्न भएको हो । हाजिरि जवाफ प्रतियोगीतमा ह्वाइट हाउस समूह प्रथम, एलो हाउस समूह द्धितिय, र वरेन्ज हाउन्स समूहले तृतिय स्थान हासिल गरेका थिए । यसैगरी विद्यालयमा उत्कृष्ट स्थान हासिल गर्ने २०७२ सालको अन्तिम परिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी, आर्थिक बर्ष २०७२÷०७३ मा विद्यालयलाई जिल्ला शिक्षा कार्यालयबाट प्राप्त विभिन्न शिर्षकको छात्रबृत्ति समेत वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीको अध्धक्षतमा सम्पन्न कार्यक्रममा प्राध्यानाध्यापक भुपेन्द चापागाई, शिक्षक लेखनाथ उपाध्याय, लगायतका ब्यक्तिहरुले मन्तब्य ब्यक्त गनुृभएको थियो । यसैगरी कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक आनन्द पौडेलले गरेका थिए । विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयमा विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आइएको शिक्षक आनन्द पौडेलले बताउनुभयो ।