मुलुककै पहिलो यान्त्रिक पुल सञ्चालनमा

yantrikpul
पर्वत /मर्मतका लागि बन्द गरिएको मुलुकै पहिलो केबुलकार मोडेलको यान्त्रिक पुल ११ दिन पछि सञ्चालन भएको छ।
प्राविधिक समस्या देखिएका कारण कार्तिक २७ दलेखि बन्द भएको यान्त्रिक पुल मर्मतपछि मंगलबार साँझबाट सञ्चालनमा आएको हो ।
पुलको लठ्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा मर्मत पछि सुचारु गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । ‘भारतबाट प्राबिधीक झिकाएर मर्मतको काम सकेपछि सेवा सुचारु भएको हो । ’ उनले भने ‘मंगलबार साँझ परिक्षण गरिएकोले बुधबार बिहान देखि नियमित रुपमा सेवा सञ्चालन हुन्छ’
पुल लामो समयसम्म सञ्चालन भैरहँदा लठ्ठामा समस्या देखिएका कारण यात्रुहरुलाई सम्भावित खतरा हुन नदिन सेवा बन्द गरिएको थियो । यान्त्रिक पुल बन्द हुँदा बागलुङको बलेवा क्षेत्रका झण्डै डेढ दर्जन गाविसका वासिन्दा र पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा परेका छन् । उक्त पुलबाट अहिले दैनिक सयौँको संख्यामा यात्रुहरु आवतजावत गर्दै आईरहेका छन् । विगत पाँच वर्ष अघि मुलुकमै पहिलोपटक केवलकार मोडेलमा निर्माण गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेड संचालनमा आएपछि २ घण्टाको पैदल यात्रा चार मिनेटमै छोटिएको छ ।
पुल सञ्चालनको समयमा आठ मिनेटको यात्रा गर्नुपर्ने भएपनि पछिल्लो समयमा नयाँ प्रबिधी जडान गरिएपछि आठ मिनेटको यात्रा चार मिनेटमै छोटिएको थियो । उक्त पुलमा बाग्लुङ्ग र पर्वतका गरि चार सय ३६ जनाको शेयर रहेको छ । दुईवटा यान्त्रिक कार जडान भएको उक्त पुलमा एउटा कारमा ८ जना अट्न सक्ने क्षमता रहेको छ । दुवैतर्फ गरेर एकपटकमा १६ जना आवतजावत गर्न सकिन्छ । करिब ५ करोडको लागतमा निर्मित उक्त पुलबाट यात्रा गर्नका लागि एक तर्फी भाडा १ सय रुपैंया तोकिएको छ भने, बागलुङ जिल्लाको वलेवा क्षेत्रका वासिन्दाका लागि ७५ रुपैंया तोकिएको छ ।
कुश्मा बलेवा यान्त्रिक पुलले गत आर्थिक वर्षमा १ करोड मुनाफा समेत आर्जन गरेको थियो भने शेयर सदस्यहरुलाई २० प्रतिशत लाभांस समेत वितरण गरेको थियो । पुन संचालनमा आएपछि अहिलेसम्म ७० प्रतिशत लाभांस वितरण भैसकेको लिमिटेडका सचिब केदारनाथ शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना