कालीगण्डकीमा जलयात्रा गर्ने पर्यटकलाई शौचालय र बिगब्रदरको सास्ती, समाधान गर्न ध्यान गएन

rafting-kaligandaki-4
पर्वत/ कालीगण्डकी नदीमा जलयात्राको मज्जा लिन बर्षेनी हजारौ बिदेशी पर्यटक आउँछन् । जिल्ला विकास समिति पर्वतले ¥याफ्टिङका लागि आउने ती पर्यटकबाट प्रतिबोट कर असुली गर्दै आएको छ । तर, ¥याफ्टिङ सुरु हुने स्थलमा ब्यवस्थित शौचालयको अभाव र जथाभावी फ्याकिएका फोहोरले बिदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् ।
कालीगण्डकीमा पर्वतको पाङस्थित नयाँपुलबाट ¥याफ्टिङ यात्रा सुरु हुन्छ तर, त्यहाँ बनभोजमा आउने समुहले अत्यधिक फोहोर गराएर छाड्दा बिदेशी पर्यटक असन्तुष्ट भएका हुन । ‘¥याफ्टिङको मज्जा लिन आएका हामीलाई सुरुमै यस्तो जथाभावी फोहोर देख्नुपर्दा दुःखी बनायो’ इजरायली नागरिक असाफ अलोनीले भने–‘अब आउनेले यस्तो देख्न नपरोस् ।’
उनले फोहोरसँगै ब्यवस्थित शौचालय र पिउनेपानीको ब्यवस्थापन भएमा निकै राम्रो हुने बताए । ‘¥याफ्टिङ गर्नुपूर्व हामी एक घण्टा त्यहाँ (नयाँपुल) बितायौ तर त्यहाँ न सरसफाई थियो, न शौचालय र पानी’ असाफले भने । उनले आफुले नेपालको सिस्टम नबुझेपनि शौचालय र पानीको ब्यवस्थापन भएमा आफुजस्तै ¥याफ्टिङका लागि आउने धेरैलाई सहज हुने बताए । rafting-kaligandaki
असाफजस्तै अन्य पर्यटकले पनि जथाभावी फोहोर र शौचालय नभएकोमा दुःख मनाउ गरेका थिए । रिभर गाइड ज्ञानु तिवारीले ¥याफ्टिङ गर्नुपुर्व तयारी गर्ने नयाँपुलमा शौचालय र खानेपानीको निकै समस्या भएको गुनासो गरे । ‘बास बस्ने ठाउँमा हामी आफै ट्वाइलेटको ब्यवस्थापन गर्छौ तर नयाँपुलमा ट्वाइलेट र खानेपानीको ब्यवस्थापन मिलाउन निकै नै आवश्यक छ’ उनले भने ।
उनले जिल्ला विकास समिति पर्वतले ¥याफ्टिङ ब्यवसायीबाट कर उठाएपनि देखिएका समस्या समाधान गर्न चासो नदेखाएको बताए । ‘कालीगण्डकीमा ¥याफ्टिङ पर्वतकै पहिचान हो भनेर सम्बन्धित निकायले चासो देखाए राम्रो हुने थियो’ उनले भने । शौचालय अभावले अहिले नयाँपुलमा पुगेपछि पर्यटकहरु पाखोक्षेत्रमा दौडन बाध्य छन् । ‘शौचालय मात्रै निर्माण हुने हो भने कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि अझै बिदेशी आकर्षक हुने थिए’ रिभर गाइड होमबहादुर पुनले भने ।
¥याफ्टिङ सुरु हुने नयाँ पुलमा बनभोजका लागि पर्वतको कुश्मा, बागलुङ र बेनीसम्मका विभिन्न समुह आउने गरेका छन् । बनभोजमा मनोरञ्जन लिन आएका उनीहरुले आफुहरुले बनाएको फोहोर त्यसै छाड्ने गरेका छन् ।
बिग ब्रदरमा अर्को समस्या
raftingपर्वतको नयाँ पुलबाट २० मिनेटको दूरीमा पुगिन्छ ‘वीग व्रदर’ । विगतमा कालीगण्डकी नदीको ¥याफ्टिङ यात्राका क्रममा सबैभन्दा ठुलो पानीको छाल रहेको स्थललाई रिभर गाइडले पर्यटकलाई ‘बीग ब्रदर’को नामले चिनाउने गर्छन ।
गतबर्षसम्म रिभर गाइडको कुशलताका कारण बीग ब्रदरमा समेत डुंगा हाल्ने गरिएपनि अहिले माथिबाट आएको पहिरोले नदीको बिचमा ठु्ला ढुंगा थुपार्दा बोट झरेर केही तलसम्म हिंड्नुपर्ने बाध्यता छ । जसका कारण पर्यटकहरु दिक्क मान्ने गर्दछन् । सो बीग ब्रदर (¥यापिट)मा ढुंगा फुटाएर यात्राका लागि सहज बनाउनुपर्ने गाइडहरुले बताउँने गरेका छन् ।
¥याफ्टिङको क्रममा पर्यटकहरु लिएर आउने गाइडहरुले कालीगण्डकीका मुख्य छाल (¥यापिट) हरुलाई नामाकरण गर्ने गरेका छन् । यात्राका क्रममा अन्यत्रको तुलनामा थोरै जोखिमपूर्ण मानिने र प्रशस्त मनोरञ्जन समेत दिने त्यस्ता मुख्य–मुख्य छालहरु आउने बेलामा उनीहरुले पर्यटकलाई नाम उल्लेख गरी चिनाउने र सोको परिचय दिने गर्दछन् ।
नयाँपुलदेखि करीव १० मिनेटको दुरीमा ‘स्मलव्रदर’ ¥यापिट रहेको छ । यहाँ आजभन्दा १० वर्ष अगाडि एकजना विदेशी पर्यटकको मृत्यु भएको थियो । त्यस्तै सो भन्दा १० मिनेट तल ‘वीगव्रदर’ ¥यापिट रहेको छ । जहाँ अहिले पनि पर्यटकहरु ओर्लिएर केही तल पुगेर यात्रा प्रारम्भ गर्नुपर्ने बाध्यता रहेको छ । यस ठाउँमा गतवर्षको पहिरोले समेत यात्रालाई थप असहज बनाएको छ । यो ¥यापिट सबैभन्दा जोखिमपूर्ण मानिन्छ । यात्रा अवधिभर सबैभन्दा ठूलो र अप्ठ्यारो छालको रुपमा यो ‘बीगव्रदर’ ¥यापिट रहेको छ । यस ¥यापिटमा ठूल–ठूला ढुंगा रहेको र माथिबाट बोट आउने क्रममा ढुंगामा बोट ठोक्किने र यात्रा निकै असहज हुने गर्दछ ।
यस ¥यापिटमा गतवर्ष आएको पहिरोका कारण झन् यात्रा जोखिमपूर्ण रबनेको हो । प्राकृतिक सम्पदा तथा नदी माथि हुने अतिक्रमण, भूक्षयजस्ता विपत्तिका कारण नदीमा वर्षेनी थप समस्याहरु देखिँदै जान थालेको गाइडहरु बताउँछन् । पर्वत पर्यटकीय सम्भवनाका दृष्टिकोणले धेरै अगाडि रहेको र यहाँ ¥याफ्टिङ गर्न आउने पर्यटकहरु दिनानुदिन बढ्दै गएपनि वीग व्रदरको चुनौतिले यात्रा केही निरासिलो बन्दै गएको गाइडहरु बताउँछन् । rafting-kaligandaki-3
जिल्लामा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने संघसंस्थाहरु समेत थापिँदै गइरहेको र जिल्ला विकास समितिले ¥याफ्टिङका लागि आउनेहरुसँग कर समेत लिने गरेको भएपनि सो बीग व्रदरमा देखिएको असहजता हटाउनतर्फ भने कोही कसैको ध्यान जान सकेको छैन ।
जिल्ला विकास समितिका सामाजिक परिचालन अधिकृत चन्द्रबहादुर क्षेत्रीले ¥याफ्टिङ यात्रामा देखिएका समस्यालाई समाधान गर्न जिविस तयार रहेको बताए । उनले पर्यटकलाई देखिएका समस्या बुझेर समाधान गर्ने जानकारी दिए ।
rafting-kaligandaki-1

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’