बागलुङ्गमा निर्माण हुने ३ सय मेघावाटको उत्तरगंगा आयोजना प्राधिकरणबाट खोसेर नयाँ कम्पनीलाई

uttarganga
पर्वत /नेपाल विद्युत प्राधिकरणले निर्माण र उत्पादन गर्ने टुंगो लागिसकेको ३ सय मेघावाटको उत्तरगंगा जलविद्युत आयोजना सोमबार मात्रै खुलेको जलविद्युत उत्पादन कम्पनीले निर्माण गर्ने देखिएको छ । नयाँ कम्पनीले उत्तरगंगासँगै नौमुरे, नलसिंह गाड र बूढीगण्डकीको पनि निर्माण जनाइएको छ । यसअघि, ऊर्जा मन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणअन्तर्गत सब्सिडायरी कम्पनीहरुको कार्ययोजना अघि सार्दै उत्तरगंगालगायत ७ वटा आयोजनाहरु प्राधिकरणबाटै बनाउने टुंगो गरिएको थियो ।

मन्त्री शर्माले प्राधिकरणले निर्माण गर्ने गरी ७ वटा सब्सिडायरी कम्पनीहरुबारे प्राधिकरणको सञ्चालक समितिबाट सैद्धान्तिक निर्णय गर्न लगाएका थिए । ती सब्सिडायरी कम्पनीहरुबारे निर्णय गर्दा प्राधिकरणको बोर्डमा प्रबन्ध पत्र तयार नगरी सैद्धान्तिक सहमति लिइएको थियो ।

प्राधिकरणले सब्सिडायरी कम्पनीका रुपमा अघि बढाउन लागेका ७ वटा कम्पनीहरुमध्ये ६ सय ९२ मेघावाटको तमोर, ३ सय मेघावाटको उत्तरगंगा, ३ सय मेघावाटको दुधकोसी, ३ सय ३५ मेघावाटको माथिल्लो अरुण, ५ सय ८७ मेघावाटको तामाकोसी, १४ मेघावाटको माथिल्लो मोदी र ४२ मेघावाटको मोदी ए रहेको थियो । ती आयोजनाहरुबाट १ हजार सात सय ७० मेघावाट विद्युत उत्पादन हुने र करिब ५ अर्ब लगानी लाग्ने जनाइएको थियो ।

यसअघि, पूर्ववर्ति केपी ओली सरकारले अगाडि सारेका केही जलविद्युत् आयोजनाहरुलाई समेत प्राधिकरणकै सब्सिडायरी कम्पनीका रुपमा वर्तमान सरकारले अगाडि सारेको थियो । ती आयोजनाहरुमा माथिल्लो अरुण र दूधकोसी रहेका छन् । अब उत्तरगंगालाई कम्पनीको आयोजनाको रुपमा निर्माण गर्ने भएपछि प्राधिकरणले उत्पादन गर्ने ३ सय मेघावाट घट्ने देखिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना