जमानाकी कामुक नायिका अहिले यस्तो देखिइन
एजेन्सी सन् १९९० को दशककी चर्चित अभिनेत्री शिल्पा शिरोडकरलाई धेरैपछि एउटा समारोहमा देखियो ।
प्रसिद्ध लेखक राकेश नाथकी छोरी तथा बलिउडकी मेकअप आर्टिस्ट शाइना नाथको विवाहको मेहन्दी समारोहमा शनिवार उपस्थित भएकी थिइन् ।
‘गोपी किशन’, ‘किशन कन्हैया’, ‘बेवफा सनम’ जस्ता ठूला फिल्महरूमा खेलेकी शिल्पा उमेर ढल्किँदै जाँदा निकै बदलिसकेकी देखिन्छिन् ।
शिल्पाले सन् १९८९ मा ‘भ्रष्टाचार’ भन्ने फिल्मबाट डेब्यु गरेकी थिइन् ।
सन् २००० मा शिल्पा बेलायतमा रहेका बैंकर अपरेश रञ्जीतका साथ विवाहबन्धनमा बाँधिएकी थिइन् ।
हाल उनी स्टार प्लसमा आउने सिलसिला प्यार का मा आमाको भूमिकामा देखापरेकी छिन् ।
पञ्जाब केशरी