परिवारका २५ सदस्यकै २४ औला

phpthumb_generated_thumbnail-4
एजेन्सी भारतको बिहार राज्यको गयामा एउटा अनौठो परिवार बस्छ । यस परिवारमा कुल २५ सदस्य छन् । सबैको हात र गोडामा १२र१२ औंला छन् ।
यस परिवारको एक सदस्य कृष्ण चौधरी भन्छन्, ‘हाम्रो परिवारका सबैजनाको प्रत्येक हात र खुट्टामा ६र६ औंला छन् । हामीलाई काम गर्नै हैरानी छ ।’
परिवारका युवतीहरूलाई कसैले बिहा गर्न मानेको छैन । कृष्णकी भाउजु सितबिया चौधरी बढी औंला हुनु आफूहरूको सौभाग्य भएको बताउँछिन् । ‘मान्छेले किन यसलाई नराम्रो रूपमा हेर्छन् जबकि यो भगवानको आशीर्वाद हो ?’ उनी भन्छिन् ।
धेर औंला हुनुले नै यस परिवारलाई जोडेर राखेको उनी बताउँछिन् ।
आरामदायक चप्पल पाउन चाहिँ गाह्रै हुने कृष्णा स्वीकार्छन् । आफूले चाहेमुताबिकको चप्पल बनाउनका लागि आर्थिक स्थिति बलियो नभएको उनी बताउँछन् ।
यस रोगलाई पोलिडेक्टिली भनिन्छ । यो वंशानुगत रोग हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो