झारफुकको निहु्ँमा बालिका बलात्कृत , तीन महिनाको गर्भ

धुलिखेल – झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध सोमबार प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।

बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि पनि झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्लाको शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो । ती किशोरीमा तीन महिनाको गर्भ रहेको बताइन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

निर्वाचन परिणाम धमाधम-एमाले अघिअघि कांग्रेस पछिपछि

कुश्मा नगरपालिका मतगणना अपडेट

२५ वडाको मतपरिणाम सार्वजनिक, १८ वडाअध्यक्ष एमालेका, ७ वडाअध्यक्ष कांग्रेसका विजयी

२८ बर्षिय निर्भिक एमालेबाट पैयु ५ को बडाअध्यक्ष बने

म्याग्दीको मालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी