भारु नोट नचल्दा महंगी बढ्ने

आयातकर्ताले पर्याप्त नगद भारु नपाए दुईपक्षीय व्यापारको लागत ३० प्रतिशतसम्म बढ्ने र त्यसको भार महँगीमा पर्ने व्यवसायीले बताएका छन् । ‘अहिले हामीलाई ड्राफ्टमार्फत कारोबार गर्न भनिएको छ,’ अध्यक्ष मुरारकाले भने, ‘त्यसो गरियो भने कारोबार लागत ३० प्रतिशत र उद्योगको उत्पादन लागत १० प्रतिशतसम्म बढ्ने देखिएको छ ।’ यसअघि व्यवसायीले नगदमा कारोबार गर्दा लागत कम परेको र त्यसले महँगी नियन्त्रणमा समेत सहयोग पुगेको महासंघ पदाधिकारीको भनाइ छ । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
राष्ट्र बैंकको एक अध्ययनले भारतबाट हुने आयातको २८ दशमलव ७ प्रतिशत मात्रै प्रतीतपत्र (एलसी) मार्फत भुक्तानी हुने गरेको देखाएको छ । ‘यस आधारमा पनि दुईपक्षीय व्यापारमा नगद भारुको प्रयोग निकै बढी रहेको अनुमान गर्न सकिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भने ।
राष्ट्र बैंक भन्छ– हामीसँग पर्याप्त भारु छ
महासंघ अध्यक्ष मुरारकाले राष्ट्र बैंकले पर्याप्त नगद भारु सटही नगरेको गुनासो गरेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले पर्याप्त नगद भारु रहेको बताए । ‘भारत सरकारले जनवरीसम्म बजारमा भारुको अभाव हुनसक्ने आँकलन गरेको छ,’ उनले भने, ‘तर, हामीसँग कम्तीमा एक वर्षका लागि पर्याप्त हुने नगद भारु सञ्चिति छ ।’ त्यसपछि पनि भारु खरिद गर्न राष्ट्र बैंकसँग निकै ठूलो विदेशी विनिमय सञ्चिति रहेको भन्दै उनले नआत्तिन व्यवसायीलाई आग्रह गरे । ‘हामीसँग अहिले पनि १० खर्ब ५४ अर्ब विदेशी विनिमय सञ्चिति छ,’ उनले भने । यसले भारु अभावका कारण दुईपक्षीय व्यापारमा असर नपर्ने उनले तर्क गरे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ