जापानमा ठूलो भूकम्प, सुनामीको चेतावनी
टोकियो, ७ मंसिर । जापानमा आए शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्प फुकुशिमा प्रांतको नजिक आएको हो ।
जापानको सरकारी मिडिया एनएचकेका अनुसार सरकारले स्थानीय सर्वसाधारणहरूलाई तटीय इलाकाबाट हट्न अपील गरेको छ । चेतावनी दिइए अनुसार समुन्द्रमा तीन मिटर (१० फिट)सम्म माथि छाल (लहर) उठ्न सक्नेछ ।
ओनाहामा तटसम्म पुग्ने समुन्द्री छाल ६० सेन्टीमिटर अर्थात दुई फिटसम्मको हुने बीबीसीको अनलाइन संस्करणमा समाचार उल्लेख छ ।
सोमबार राति फुकुशिमाबाट ७० किलोमिटर टाडा नमिनभित्र ११ किलोमिटर तल केन्द्र बनाइ जापानमा ७ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर छ जना सामान्य घाइते भएका छन् ।
सन् २०११ मा आएको विनाशकारी भूकम्पपछि आएको सुनामी छालका कारण फुकुशिमामा परमाणु संयन्त्रलाई नोक्सानी पुगाएको थियो ।
जापानमा क्याबिनेटका मुख्य सचिव योशिहिदे सुगाले फुकुशिमा परमाणु संयन्त्रको तेस्रो रिएक्टरको कुलिंग सिस्टम गरिएको बताएका छन् ।