सांसद धनराज गुरुङले दिए बढेको तलबभत्ता भूकम्प पीडितलाई

dhanaraj_gurung-768x518काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको तलब र भत्ता भूकम्प पीडित राहत कोषमा पठाउने निर्णय गरेका छन् ।

तलब बढाउन माग गर्दै सांसदहरुले मरिहत्ते गरेपछि आइतबार व्यवस्थापिका संसदले प्रत्येक सांसदको एक लाख पुग्नेगरी तलब भत्तासहितका सेवा सुविधामा वृद्धि विधेयक पारित गरेको थियो ।

अब संसदका ६०१ सांसदहरुले गएको असार देखिनै बढेको तलब भत्ता पाउनेछन् ।

कांग्रेसका अधिकांश सांसदको मागपछि तलबभत्ता वृद्धि भएकै बेला सोही पार्टीका सांसद गुरुङले आफ्नो बढेको तलब भत्ता भूकम्प पीडित राहत कोषमा पठाउन संसद सचिवालयमा निवदेन दिएका छन् ।

‘विनाशकारी भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकको आर्थिक अवस्था अत्यन्त कमजोर भएको, पुनर्निर्माणको काम अघि नबढेको, भूकम्प पीडितले अझैसम्म राहत नपाएको अवस्थामा तलबभत्ता वृद्धि गर्न संसदीय अभ्यास विपरित हो’ भन्दै सांसद गुरुङले राहत नपाएका भूकम्प पीडतका लागि खोलिएको राहत कोषमा आफ्नो बढेको तलबभत्ता जम्मा गरेको बताएका छन् ।

dhanraj

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी