मृगौला रोगीलाई पर्वत सम्पर्क मञ्च दोहा कतारको सहयोग

mrigaula-pidit-sahayog
पर्वत/विगत चार वर्षदेखि मृगौला रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।
रोजगारीका लागि पर्वतवाट दोहा कतारमा पुगेका युवाहरुले पर्वतका राम्जाठाँटी गाविस–३ की १४ वर्षिय बालिका अनिता शर्मालाई सहयोग गरेका हुन् ।
विगत चार वर्षदेखि मृगौला रोगबाट पिडित बनेकी बालिकालाई उपचारमा सहयोग पु¥याउने उद्धेश्यले पर्वत सम्पर्क मञ्च दोहा कतारले नगद ३० हजार रुपैया सहयोग गरेको हो । उक्त रकम सोमवार कुश्मामा एक कार्यक्रमको आयोजना गरी पिडित बालिकाका बाबुु डिल्लिराम शर्मालाई नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोबिन्द नेपाली र जिल्ला अध्यक्ष पदम गिरीले हस्तान्तरण गर्नुभएको हो ।
दुईवटै मृगौलामा समस्या देखिएपछि राजधानीका विभिन्न अस्पतालहरुमा उपचार गराउँदै आएको उनले बताए । उनि अहिले नियमित औषधी सेवन गरिरहेकी छिन् । गाउँमै रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छिन् । आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारमा नियमित औषधोपचारका लागि रकम अभाव भएपछि विभिन्न दाताहरुले सहयोग गर्दै आएका छन् ।
अनिताको उपचारका लागि हालसम्म तीन लाख भन्दा बढि खर्च भैसकेको बाबु डिल्लिराम शर्माले बताउनुभयो । उहाँले अहिले औषधी सेवन गरेर काम गरेको र औषधीले काम गर्न छाडेपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने जानकारी दिनुभयो । उहाँले आफ्नी छोरीका उपचारका लागि आवश्यक सहयोग गरिदिन पनि आग्रह गर्नुभएको छ ।
उहाँका दुई छोरी र दुई छोरा रहेका छन् । उक्त सहयोग रकम मञ्चका अध्यक्ष शेषराज तिमिल्सिनाको पहलमा संकलन भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई