गुरुङ्ग भए पहिलो ‘पर्वत तेक्वान्दो स्टार’

tekwando-star-2

पर्वत /कुशाङ्ग गुरुङ्ग यस बर्षको ‘पर्वत तेक्वान्दो स्टार’ को उपाधी जित्न सफल भएका छन ।
राष्ट्रिय तेक्वान्दो संघ पर्वतले पहिलो पटक आयोजना गरेको छनौट प्रतियोगितामा १ सय १७ जना पुरुष र महिला प्रतिष्पर्धीलाई पछि पार्दै गुरुङ्गले उपाधी जित्न सफल भएका हुन ।
पहिलो पर्वत तेक्वान्दो स्टार बन्न सफल गुरुङ्गले ६८ केजी भन्दा कम तौल समुहबाट प्रतिष्पर्धा गरेका थिए । उपाधी संगै गुरुङ्गले नगद १० हजार पुरस्कार, ट्रफी र पोशाक पनि प्राप्त गरेका छन । खेलकुदका प्रतियोगिताहरुमा बिजयी हुने खेलाडीलाई पुरस्कृत गरिदै आएकोमा पर्वतमा नौलो प्रयोगको रुपमा बिजयी खेलाडीलाई जिल्लाकै तेक्वान्दो स्टार घोषणा गरिएको हो ।
यसैगरी प्रतियोगितामा उप स्टार तथा बेष्ट फाईटरको उपाधी महिला तर्फ २८ के.जी. भन्दा तलको तौल समुहकी समिता थापाले जितेकी छन भने पुरुष तर्फ २८ के.जी. भन्दा कम तलको तौल समुहका जेनिश रसाईलीले उपाधी हात पारेका छन । उपस्टारहरुले नगद ५ – ५ हजार तथा ट्रफी र पोशाक जितेका छन । tekwando-star-3
दुई दिन सम्म सञ्चालन भएको प्रतियोगिताका बिजेताहरुलाई प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, युवा नेता हरि पौडेल सुन्दरककी धर्मपत्नी लिला दवाडी पौडेल र पर्वत सुनचाँदी ब्यवसायी संघका अध्यक्ष विकास विश्वकर्माबाट पुरस्कार वितरण गरेका थिए ।
tekwando-star-1

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ