नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले उठाए काश्मिर मुद्दा

indain-journalist नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा भारतीय पत्रकारको जम्बो टोली सहभागी ‘भारत–नेपालमैत्री सम्बन्ध र मिडियाको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले नेपालको आन्तरिक मामिलामा भारतले बोल्न नमिल्ने बताए ।

‘भारतमा पनि आन्तरिक समस्या छन् । काश्मिरको विवाद अहिलेसम्म चलिनैरहेको छ । नेपालका आन्तरिक समस्याहरु छन् । मधेसको समस्या छ,’ उनले भने- ‘तर, यसो भन्दै नेपालले भारतको काश्मिर मामिलामा बोल्नुहुँदैन् र भारतले पनि नेपालको मधेस लगायतका आन्तरिक मामिलामा चाँसो राख्नुहुँदैन् ।’

भट्टराईले नेपालको संविधान विश्वमै समावेशी भएको दाबी गर्दै कुनै समुदायलाई उचालेर छिमेकी देशको संविधानमा अनावश्यक चाँसो र दबाब दिनु गलत भएको बताए । ‘भारतको आन्तरिक मामिलामा नेपालले र नेपालको पनि आन्तरिक मामिलामा भारतले बोल्न मिल्दैन । अहिले भारतका तर्फबाट नेपालका केही समुदायलाई उचाल्ने काम भएको छ । यो गलत छ । भारतीय मिडियाकर्मीले यसका ध्यान दिनुहोला ।’

अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना नेपालको त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग र भारतको नेशनल मिडिया फाउन्डेसनले गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना