भूकम्प सुरक्षाका बारेमा सचेतना जगाउने अभियानमा शिक्षक र बिद्यार्थी

15182438_1498552196826600_1014761284_o

पर्वत /पर्वतका बिद्यालयहरु भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने कुरामा बिद्यार्थी र शिक्षकहरु सचेत हुन थालेका छन ।
पर्वतका दश बिद्यालयका बिद्यार्थीहरु एक बर्ष अघि देखि भूकम्पबाट सुरक्षित बिद्यालय बनाउने र समाजलाई समेत सुरक्षित बनाउने अभियानमा लागेका हुन ।
भूकम्पबाट बिद्यालय, बिद्यार्थी र समाजमा पर्न सक्ने जोखिमका बारेमा जानकारी दिने, त्यही अनुसारका संरचना बनाउने र आफुँहरु कसरी सुरक्षित हुन सकिन्छ भनेर शिक्षक र बिद्यार्थीहरुले अभियान थालेका छन । पर्वतको पशुपति माबि राम्जा, नवजागृत माबि तिलहार, तुलोदय माबि तिलहार, त्रिभुवन माबि शंकरपोखरी, राम माबि, नेपाल तारा माबि रानीपानी, आम्बारी माबि बर्राचौर लगायतका १० बिद्यालयका बिद्यार्थीहरु यस्तो अभियानमा लागेका छन ।
बिद्यालयहरुमा सञ्चालित यस्तो अभियानका क्रममा बिद्यालयमा भूकम्प प्रतिरोधी संरचना, भूकम्प पछि खोज तथा उद्दार, प्राथमिक उपचार, प्रकोप मापन, आपतकालिन अवस्थामा कसरी भाग्ने बहिर्गमन जस्ता बिषयमा शिक्षक, बिद्यार्थीहरुले बिभिन्न तालिम, गोष्ठी मार्फत जानकारी लिएका छन भने आपतकालिन अवस्थाका लागि सामाग्रीहरुको समेत जोहो गरेका छन । आफुँहरुले सिकेको कुरा अभिभावक र समाजमा समेत बताउन थालेको पशुपति माबिका शिक्षक दुर्गाप्रसाद गौतमले बताए । ‘यसले बिद्यालयलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा पुर्ण रुपमा जानकारी हुने गरेको छ’ उनले भने ‘यसबाट शिक्षक र बिद्यार्थी मात्र नभई समाज समेत धेरै सचेत बनाउन सकेका छौ’ 15127366_939545379512029_1028741923_o
यसैबिच प्लान इन्टरनेशनलको सहयोगमा इन्प्रेड नेपालले पर्वतका यी दश बिद्यालयमा बृहत्तर बिद्यालय सुरक्षा ढाँचाको कार्यान्वयन, सुरक्षित बिद्यालय प्रबृद्र्धन तथा सुदृढिकरण परियोजना, बहिरगमन योजना तथा सिकाई आदनप्रदान कार्यक्रम पशुपति उच्चमाबि राम्जामा सम्पन्न भयो । कार्यक्रममा बोल्ने बक्ताहरुले भूकम्पको जोखिममा सबैभन्दा बढी बिद्यालय र बिद्यार्थी हुने भएकाले यस्ता अभियानहरुले जोखिम न्युनीकरणका लागि महत्वपुर्ण भूमिका खेल्ने धारणा राखे । शिक्षक र बिद्यार्थी सुरक्षित र सुसुचित भएमा सामाज समेत सुरक्षित र सुसुचित बनाउन महत्वपुर्ण भूमिका खेल्ने कुरा परियोजनाबाट सिद्ध भएको उनीहरुको धारणा थियो ।

15133990_939545326178701_1899632391_o
कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी नेत्रनारायण सापकोटा, प्लान इन्टरनेशनलकी क्षेत्रिय कार्यालय बागलुङ्गकी प्रमुख नितु आचार्य, बिद्यालय निरीक्षक कृष्ण आचार्य, इन्प्रेड नेपालका अध्यक्ष पुष्प पौडेल, कार्यकारी निर्देशक राजु पौडेल, जिबिसका सामाजिक परिचालन अधिकृत प्रकाश लम्साल लगायतले आफ्ना धारणा राखेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यदुप्रसाद तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषि पौडेलले परियोजनाको बारेमा जानकारी गराएका थिए भने शिक्षक दुर्गाप्रसाद गौतमले बिद्यालयमा अभियानका क्रममा भएका गतिबिधीको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ