साँसदहरुको सुबिधा दोब्बर भयो, हेर्नुहोस कति बुझ्छन हाम्रा साँसदहरुले सुबिधा(सुची सहित)
काठमाडौं, ५ मंसिर । व्यवस्थापिका संसदले सांसदहरूको सेवा सुविधा दोब्बर गर्ने सम्बन्धी विधेयक पारित गरेको छ ।
संसदको आइतबार नयाँबानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा बसेको बैठकले सरकारले पेश गरेको संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक, सुविधा वृद्धि गर्ने विधेयक पारित गरेको हो । कानूनमन्त्री अजयशंकर नायकले पारिश्रमिक र सुेवा सुविधा वृद्धिसम्बन्धी विधेयक पारित भएको जानकारी दिए ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सुझाव भएकै कारण सरकारले सेवा सुविधा वृद्धिसम्बन्धी विधेयक ल्याएको मन्त्री नायकले बताए । अब सांसदहरूले असारदेखि कै पारिश्रमिक र सेवा सुविधा पाउने छन् ।
सांसदहरूले अब एक दिनको बैठक भत्ता एक सय पाउने छन् । यसअघि सांसदले दुई सय रुपियाँ मात्रै बैठक भत्ता पाउँदै आएका थिए ।
मासिक रुपमा पाउँदै आएको ६ हजार ५ सय घर भाडालाई बढाएर १८ हजार पुगाइएको छ । यातायात खर्च १ हजार पुगेको छ । सेवा, सुविधा ह्वात्तै बढेपछि धेरै सांसदहरूको मुहार हँसिलो भएको छ ।
सभामुख ओनसरी घर्तीमगर रुसको भ्रमणमा जानु अघि सांसदहरूको सेवा सुविधा वृद्धिसम्बन्धी विधेयक निर्णयार्थ पेश गर्न समय दिएकी हुन् ।
कति बढ्यो ?
तलब– ११०५०
बैठक भत्ता– ८५०
घरभाडा– ११५००
इन्टरनेटरसंचार– ७००
यातायात खर्च– ८५०
र मर्मत खर्च– ७५२
बढेको जम्मा रकम– २५६५२
बृद्धिपछि सांसदले पाउने जम्मा रकम– बैठक संख्या हेरेर मासिक (बढी)मा ९९२३० सम्म ।
अब के शीर्षकमा कति पुग्यो ?
