सुनचाँदी ब्यबसायीलाई चोरको जस्तो ब्यबहार भएको गुनासो
पर्वत/ सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्र्दै आएको गुनासो गरेका छन ।
नेपाल सुनचाँदी ब्यबसायी संघ पर्वतले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्ने ब्यबसायीहरु प्रहरी र अन्य निकायले चोरको झै ब्यबहार गर्दा समस्या भोग्दै आएको गुनासो गरेका हुन ।
ब्यबसायीले बिल बिनाको सुन उही मुल्यमा किन्ने क्रममा कहिले काँही चोरीको पर्न जाने र त्यसरी सुन्न किन्ने ब्यबसाय बिना अपराध चोर झै दण्डीत बन्नुपर्ने अवस्था रहेको गुनासो गरे । बिबाहमा दाईजोमा ल्याएको सुन र १५ बर्ष पहिले बिना बिल सुन बिक्री हुने गरेकाले त्यस्तो सुन खरिदमा समस्या हुने गरेको छ।
कार्यक्रममा बोल्दै साँसद अर्जुनप्रसाद जोशीले सुनचाँदी ब्यबसायीका समस्याहरु कानुन बनाएर सम्बोधन गर्न आफुँले प्रयास गर्ने बताए । अर्का साँसद बिकास लम्सालले सुनचाँदी ब्यबसायलाई अब उद्योगको रुपमा बिकास गर्दै लानुपर्ने सुझाब दिदै संसदमा बिचाराधिन बिधेयकलाई पास गराउन आफुँ सकारात्मक हुने बताए । साँसद कल्पना चापागाईले सुनचाँदी ब्यबसायको बिज्ञापनमा महिलाहरु अपमान हुने ढंगले सम्बोधन भएको भन्दै सुधार गर्न सुझाब दिइन ।
कार्यक्रममा सुनचाँदी ब्यबसायी महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य निर्मल बिश्वकर्माले ब्यबसायीले उही मुल्यमा सुन खरिद गर्दा समेत समस्या भोग्दै आएको बताए । संसदमा सौदाबाजी सम्बन्धी कानुन बिचराधिन रहेको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे ।
संघका उपाध्यक्ष ठाकुर बि पौडेलले सुनचाँदी ब्यबसायीहरुले मर्यादित ब्यबसाय गर्दा समेत अनावश्यक झण्झट बेहोर्दै आएको बताए । संघका सल्लाहकार शेरबहादुर सुनारले सुनचाँदी ब्यबसायलाई अझै समस्या भोग्दै आएको बताए । ‘यस्तै अबस्था आयो भने ब्यबसाय गर्न समेत कठिन छ ’ उनले भने ‘सम्मानजक ब्यबसाय गर्ने वातावरण चाहिएको छ’
महासंघमा केन्द्रिय सदस्यमा निर्वाचित निर्मल बिश्वकर्मालाई संघ, सुनचाँदी ब्यबसायी महिला संघले सम्मान गरेका थिए । संघका अध्यक्ष बिकास सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिब आनन्द बिकले गरेका थिए भने सदस्य सुजन सुनारले शुभकामना दिएका थिए ।
समाप्त मंसिर ४