बिश्वकप खेलेको जापानी टोली संग आज फुटबल खेल्दै
बकाठमाडौँ, ३ कात्तिक । नेपाल जापानबीच शनिबार काठमाडौँमा मैत्रीपूर्ण फुटबल गेम हुँदैछ ।
अखिल नेपाल फुटबल संघ र कलरबाथ नामक संस्थाको आयोजनामा शनिबार दिउँसो १ बजे नेपाल र जापानीज टिमबीच एन्फा फुटबल मैदानमा म्याच हुन लागेको हो । ‘यो म्याच खेल्न जापानका तर्फबाट विश्वकप खेलिसकेका खेलाडी पनि नेपाल आइपुगेका छन् । यो हामी नेपाली फुटबल प्रेमीका लागि पनि निकै ठूलो खुसीको कुरा हो । जापानीज टिमले भर्खरै विदेशमा जितेकाले पनि दर्शकहरुको भीड लाग्ने हामीले आशा लिएका छौँ ।’, आयोजक संस्था कलरबाथका गणेशमान लामाले भने(‘ जापानको राष्ट्रिय टोलीबाट विश्वकपमा सहभागी भएका फुटबल खेलाडी सम्मिलित विभिन्न अन्तर्रा्ष्ट्रिय क्लबमा आबद्ध व्यवसायिक खेलाडीहरु, ए डिभिजन क्लब तथा जे लिग खेलेका अधिकांश व्यवसायिक खेलाडीहरु समावेश हुन्छन् ।’
लामाका अनुसार, करिब ३ सय जना जापानिजहरुले टिकट काटिसकेका छन् । जापान टिमको सहयोगको लागि ड्रमहरु बजाउने सामग्रीसहित जापानीजहरु नै नेपाल आएका छन् ।
सन् २०२० को टोकियो ओलम्पिकलाई ध्यानमा राखी जापान सरकारले ‘स्पोट्र्स फर टुमारो’ भन्ने नाराका साथ विश्वभर खेलको प्रचारप्रसार गरिराखेको छ । यसैको निरन्तरता स्वरुप यो वर्ष नेपाल र जापानको दौत्य सम्बन्ध स्थापित भएको ६० वर्षको उपलक्ष्यमा जापानिज व्यवसायिक खेलाडी र नेपालको राष्ट्रिय फुटबल टोलीबीच एकदिने च्यारिटी फुटबल म्याच गर्न लागिएको हो ।
च्यारिटी म्याचबाट उठेको रकम गतवर्षको भूकम्पबाट क्षति पुगेका ग्रामिण क्षेत्रका खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा एन्फा र जापानी संस्था कलरबाथको तर्फबाट संयुक्त रुपमा पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्य लिइएको छ ।
‘भूकम्पपछि नेपाली दर्शकले घरेलु मैदानमा नेपालको राष्ट्रिय टोलीको म्याच हेर्न पाएका छैन् । त्यसैले पनि यसले राम्रो अवसर दिनेछ भन्ने लागेको छ ।’( आयोजक लामाले भने ।