कांग्रेसमा उपसभापति दौडबाट खुमबहादुर पछि हटे

लामो समयदेखि देउवालाई सहयोग गर्दै आएको, १३औँ महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खुमबहादुर खड्काले उपसभापतिमा दाबी गर्दै आए पनि अब उपसभापतिमा गोपालमा श्रेष्ठलाई समर्थन गर्ने बचन दिएका थिए।
आफू पछि हटेपछि नेता खड्काले उपसभापतिमा गोपालमान श्रेष्ठलाई समर्थनको वचन दिएका छन्।
२६ कात्तिकमा श्रेष्ठलाई फोन गरेरै खड्काले ‘उपसभापतिको दाबी छोडेँ, तपाईं सिनियर पनि हो । अब तपाईं नै उपसभापति बन्नुस् । मेरो शुभकामना छ ।’ भनेको स्रोत बताउँछ । खड्काबाट पनि समर्थन पाएपछि श्रेष्ठले आफू वरिष्ठ पनि भएको, उपसभापति चलाइसकेको भन्दै उपसभापति मनोनीत गर्न सभापति देउवालाई आग्रह गरेका छन् । तर, देउवाको उपसभापतिको पहिलो रोजाइ नेता विमलेन्द्र निधि हुन्। निधि सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी रहेको भन्दै उनलाई महामन्त्री मनोनीत गर्न श्रेष्ठले सुझाब दिएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
उनको सुझाबमा देउवाले सकारात्मक जवाफ दिएको स्रोत बताउँछ । देउवाले महामन्त्रीका लागि रुचाए पनि विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई पार्टी प्रवक्ता बनाउने विकल्प छ । देउवालाई सकस मंसिरको दोस्रो सातासम्म उपसभापति, महामन्त्री र विभाग गठन टुंग्याउने गरी सभापति शेरबहादुर देउवाले छलफल थालेको उनीनिकट स्रोत बताउँछ।
देउवाको चाहना उपसभापतिमा निधि र महामन्त्रीमा कार्कीलाई ल्याउने छ। नेता गोपालमानलाई उपसभापति बनाउनुपर्ने नैतिक दबाब पनि देउवालाई छ। खड्काले दबाब दिँदा यसअघि सहमहामन्त्री भइसकेका पूर्णबहादुरलाई महामन्त्री बनाउनुपर्ने अवस्था पनि छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’