दश बर्षमा कार्यकर्तालाई बांडियो चार अर्ब

दोस्रो जनआन्दोलन २०६२र०६३ पछि बनेका नौ वटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ ।
सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि बरिष्ठ नेतासम्म छन् ।
सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता नेता तथा कार्यकर्तालाई रकम वितरण गर्दै आएको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
दोस्रो जनआन्दोलनपछि बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल(दुई पटक) माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओली नेतृत्वको सरकार प्रत्येकले नियम मिचेर ठूलो रकम आफ्ना नेता तथा कार्यकर्तालाई वितरण गरेका हुन् ।
व्यवस्थापिका संसदको अर्थ समितिले पटक पटक नियम मिचेर रकम वितरण नगर्न निर्देशन दिंदासमेत सरकारले कार्यकर्ता र नेतालाई मनपरी बाँड्न छाडेको छैन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’