कुस्माको खरेहामा जीप दुर्घटना, सात घाइते (घाइतेको नामावली र फोटोफिचर सहित)

15107431_1157864544298030_3739553539940764344_nपर्वत÷कुस्माबाट राम्जा जाँदै गरेको यात्रुबहाक जीप कुस्माको खरेहामा दुर्घटना हुँदा सात जना घाइते भएका छन ।
शुक्रबार साँझ ४ बजेको समयमा ग २ च २३७३ नम्बरको जीप सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुने मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने ६ जनाको अवस्था सामान्य छ ।
घाइते मध्ये ठुलीपोखरी वडा नं ४ का सन्दिप बिकको पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । अन्य घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । पर्वत अस्पतालमा उपचार गराईरहेका घाइतेहरुमा राम्जादेउराली – ५ की सिता नेपाली, राम्जादेउराली – २ का प्रेमप्रसाद गौतम,राम्जा – ५ कै सरस्वती नेपाली, आर्थर डाडाँखर्क – १ का कृष्णबहादुर थापा र खौला लाँकुरी –६ का रोशन परियार रहेका छन ।15073441_1157865407631277_8423233134263351430_n

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो