राज्यमन्त्रीले बल्ल तिरे बिद्युत महसुल

ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् ।
चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको बक्यौता रकम बिहीबार प्राधिकरणको प्रशाखा कार्यालयमा बुझाएका हुन् । विद्युत् महसुल समयमा नबुझाएका कारण राज्यमन्त्री भगतले दुई महिनामा दुई हजार ९२ रुपैयाँ जरिवाना तिरेका छन् ।
ऊर्जा राज्यमन्त्री भगतले आमनागरिकसरह प्राधिकरणमा महसुल बुझाउन आएको बताए । उनले महसुल तिर्नु नागरिकको कर्तव्य भएको र आफू पनि एक नागरिक भएकाले जरिवानासहित महसुल बुझाएको बताए । यसैबीच, उनले रौतहटका सबै क्षेत्रमा हुकिङ हटाउन निर्देशन दिएका थिए । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
चेतनाको कमी र पहुँचको विषय बनाएकाले विद्युत् चुहावट अन्त्य नभएको र राज्यले त्यसमा कडाइ गरिरहेको उनले उल्लेख गरे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ