पेरिसमा कुटिईन भारतीय अभिनेत्री मल्लिका

02994bd90000044d-0-image-a-2_1479375860086-627x1024
काठमाडौं, २ मंसिर — बलिउड अभिनेत्री तथा अन्तर्रा्ष्ट्रिय मोडेल मल्ल्किा शेरावतलाई पेरिसस्थित उनको आफ्नै घरमा तीनजना मुकुण्डोधारीहरूले टियर ग्यास हानेर कुटपिट गरेका छन् ।
रियालिटी टिभीकी स्टार किम कार्दा्शियान एक महिनाअघि पेरिसको यही ठाउँनिर लुटिएकी थिइन् ।
चालीस वर्षीया भारतीय सेक्स सिम्बोल मल्लिकालाई अघिल्लो शुक्रवार उनकै फ्ल्याटमा कुटिएको थियो । उनी त्यतिखेर एकजना पुरुष मित्रका साथ थिइन् । राति साढे ९ बजे यो घटना भएको थियो । घटनाको खुलासा बल्ल आज आएर भएको हो ।
ल पेरिसियन पत्रिकाका अनुसार अपराधीहरूले टाउकोमा स्कार्फ बाँधेका थिए र एक शब्द नबोली उनीहरूले मल्लिका र उनको साथीमाथि टियर ग्यास प्रहार गरे अनि मुक्का हिर्काए ।
त्यसपछि आक्रमणकारीहरू भागे । घटनाका कारण स्तब्ध भएका मल्लिका र उनका साथीले प्रहरीलाई खबर गरे ।
घटनामाथि अनुसन्धान शुरू भएको छ । प्रहरीलाई यो डकैतीको मुद्दा भएको शंका छ ।
वास्तविक नाम रीमा लाम्बा भएकी मल्लिकाले महिलाहरूमाथि हुने आक्रमणका विरुद्ध आवाज उठाउँदै आएकी छन् ।
द डेली मेल

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो