कम्बोडियाका सांसदलाई डेढ वर्षको जेल सजाय

प्रधानमन्त्रीको मानहानी गरेको अभियोगमा कम्बोडियाका एकजना महिला सांसद (सिनेटर) लाई स्थानीय अदालतले १८ महिना कारावासको सजाय सुनाएको छ ।

प्रधानमन्त्री हुन सेनले महिला सिनेटर थाक लेनीविरुद्ध न्होमपेन अदालतमा गतः अगस्ट महिनामा दायर गर्नुभएको मानहानी मुद्दामा बिहीबार सो अदालतले फैसला सुनाउँदै १८ महिना कारावासको सजाय तोकेको हो ।

गत जुलाई महिनामा, हुन सेन सरकारका प्रखर आलोचक राजनीतिक नेता किम लेको राजधानी न्होमपेनमा दिन दहाडै हत्या भएको थियो । प्रधानमन्त्री हुन सेनलाई यस हत्या काण्डमा मुछ्दै सिनेटर थाक लेनीले ठाउँठाउँमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।

यिनै अभिव्यक्तिका भिडियो क्लिपलाई प्रमाण बनाई प्रधानमन्त्री हुन सेनले सिनेटर लेनी विरुद्ध अदालतमा मानहानी मुद्दा दायर गरेका थिए । । आफूविरुद्ध अदालतमा मुद्दा दर्ता भएको केही दिनमै सिनेटर लेनी बेपत्ता भएकीले उनी देश छाडी फरार भइन्् भन्ने हल्ला चलेको थियो ।

हाल अदालतले “पक्राउ परे पछि थुनामा राख्ने” फैसला गरी प्रतिबादीको उपस्थितिबिना नै मुद्दाको टुङ्गो लगाइ दिएको छ ।

यता, किमले हत्या काण्डमा एकजना भूतपूर्व सैनिकलाई कम्बोडियाली प्रहरीले गिरफ्तार गरी अभियोग लगाएको छ । यसबारे थप विवरण र प्रतिक्रिया लिन खोज्दा आफ्नो अनुसन्धानका सम्बन्धमा कम्बोडियाली प्रहरीले एकदमै मौन बस्दै कुनै पनि सूचना दिन नमानेको जनाइन्छ ।

कम्बोडियामा विगत ३१ वर्षदेखि प्रधानमन्त्री हुन सेनको सरकारले लगातार राज्य गर्दै आइरहेको छ । सन् २०१८ मा कम्बोडियामा आम निर्वाचन हुन गइरहेको छ । निर्वाचन हुनुअघि प्रधानमन्त्री हुन सेनले आफ्ना आलोचक, विपक्षी र प्रतिद्वन्द्वीहरूलाई तह लगाउन युद्धस्तरमा, ठूलो परिमाणमा विभिन्न उपाय अवलम्बन गर्दै हुन् भन्ने आरोप लाग्दै आएको छ ।

सर्वशक्तिमान प्रधानमन्त्रीले आफ्ना आलोचक, विपक्षी तथा प्रतिद्वन्द्वीहरूलाई कानूनी मार्गबाट एक÷एक जना गर्दै सहज ढङगबाट तह लगाउन मिल्ने गरी पहिलेदेखि नै न्यायिक संरचना तयार पारिसक्नु भएकाले सिनेटर थाक लेनी विरुद्धको सजायलाई राजनीतिक ब्यक्तित्वसँग बदला लिने पहिलो कदम भनी कम्बोडियाका मानव अधिकारकर्मीहरूले टिप्पणी गरेका छन् । रासस÷एएफपी

– See more at: http://www.baahrakhari.com/news-details/10342/2016-11-17#sthash.TxSV1gB3.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’