फजुल खर्च कटाएर सामुदायिक बिद्यालयमा सेतोपाटी

img_8664
पर्वत /पछिल्लो पुस्ताका युवाहरुले फजुल खर्चमा धेरै धनराशी खर्च गर्दै आएको गुनासो सुनिन्छ । तर पर्वतको सदरमुकाम कुस्माबजारका केही युवाहरु आफ्नो फजुल खर्चको रकम बचाएर निरन्तर सामाजिक काममा लगाउँदै आएका छन ।
कुस्माबजारको एकता युवा क्लबमा आबद्ध युवाहरुले फजुल खर्च कटाएर सामाजिक काम गर्ने अभियानका क्रममा सामुदायिक बिद्यालयमा सेतोपाटी सहयोग गरेका छन । बाग्लुङ्ग सदरमुकाम देखि दक्षिणमा रहेको नारायणस्थान ७ मा रहेको सरस्वती प्राथमिक विद्यालयमा सेतोपाटी र शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन ।
विद्यालयको कमजोर आर्थिक अवस्था र भूगोलका कारण सदरमुकाम नजिक भएर पनि कतिपय विद्यालयहरुको पठनपाठन चक डस्टरकै भरमा गर्दै आएको बिद्यालयमा सेतोपाटी बितरण गरिएको क्लबका अध्यक्ष अच्युत तिवारीले बताए । ‘बिद्यार्थी दिवसको अवसर पारेर बिद्यालयलाई युवाहरुले आर्थिक संकलन गरि सहयोग गरेका हौ’ उनले भने ‘यसले चक डस्टरको धुलोबाट शिक्षक र बिद्यार्थीले मुक्ति पाउने बिश्वास लिएका छौ’ । क्लवले विद्यालयका पाँचओटै कक्षालाई पुग्ने सेतोपाटी, मार्कर पेन हस्तान्तरण गरेको हो । त्यस्तै विद्यालयमा अध्ययनर ३२ जना विद्यार्थीलाई कपी र पेन पनि वितरण गरिएको छ । क्लवले विद्यालयलाई २५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले क्लवले सहयोग गरेको शैक्षिक सामाग्री हस्तान्तरण गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थित र शिक्षक सक्रिय भएर लाग्नुपर्ने बताए । विद्यार्थीलाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिनुपर्ने अपरिहार्य आवश्यकता रहेको भएतापनि गाउँगाउँमा अझै पनि विद्यालयमा सेतोपाटी नहुनु विडम्वना भएको उनले बताए । 15139564_937864386346795_664045314_n
कार्यक्रममा क्लवका अध्यक्ष अच्युत तिवारीले विद्यालयको अवस्थाबारे जानकारी भएपछि सहयोगदाताहरु खोजेर विद्यालयलाई सहयोग गरेको बताए । विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा हानि नपुग्ने तथा गुणस्तर सुधारका लागि केही सहयोग होस भनि सहयोग गरेको बताउँदै उनले बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने बताएका थिए । कार्यक्रममा नै उनले विद्यालयलाई ५ हजार नगद सहयोग गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक हिमादेवी शर्माले क्लवको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा शिक्षण सेवा प्रभावकारी बन्ने बताएकी थिइन् । कार्यक्रममा क्लवका संस्थापक सल्लाहकार कमलनाथ पोखरेलले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक विक्रम केसीको स्वागत रहेको कार्यक्रममा क्ल्वका संस्थापक अध्यक्ष विक्रम केसीले धन्यवाद मन्तव्य राखेका थिए । क्ल्वका सचिब गोकुल चापगाईंको स्वागत रहेको कार्यक्रममा क्लवका पदाधिकारी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।15134253_937864349680132_1497253908_n
गाविसकै एकमात्र उक्त विद्यालयमा खेलमैदान, फर्निचर तथा भौतिक पुर्वाधार विकासको अभाव रहेको छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालय गाजा युवा क्लवको सहयोगमा जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गले २०४५ सालमा स्थापना भएको हो । ब्राह्मण बस्तीमा रहेको विद्यालयमा हाल २ जना स्थायी १ जना दरबन्दी र २ जना निजी शिक्षकले अध्यापन गराउँदै आएका छन् ।
शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् । गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय विद्यालयमा आईसिटी र प्राविधिक शिक्षा समेत सुरुवात गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ