तरुणदलका कोषाध्यक्ष गुरुङ्गलाई जिल्लामा भब्य स्वागत

15086184_937842286349005_390458632_n
पर्वत÷नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको कोषाध्यक्षमा निर्वाचित पर्वत कांग्रेसका युवा नेता बिद्वान गुरुङ्गलाई जिल्लामा भब्य स्वागत गरिएको छ।
नेपाल तरुण दलको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा कोषाध्यक्ष चयन भएका गुरुङ्गलाई नेपाली कांग्रेस पर्वत र तरुण दलका कार्यकर्ताले स्वागत गरेका हुन ।
स्वागत कार्यक्रममा बोल्दै ब्यबस्थापिका संसदका सदस्य तथा नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले कांग्रेसका भातृ संस्थामा केन्द्रिय तहमा प्रभाव स्थापित गर्न सफल भएको बताउँदै अब हरेक कांग्रेसी कार्यकर्ताले अरुको हातखुट्टा तानेर भन्दा सहयोग गरेर नेतृत्व स्थापित गर्न लाग्नुपर्ने सुझाब दिए ।
नवनिर्वाचित तरुणदलका केन्द्रिय कोषाध्यक्ष बिद्वान गुरुङ्गले आफुँलाई तरुणको आशा को रुपमा धेरैले आशा गरेको बताउँदै तरुणदलाई संस्थागत फोर्सका रुपमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे । कोषाध्यक्ष गुरुङ्ग पर्वतका कांग्रेसका युवा नेता हुन । नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी समेत हुन । देउवा समुहबाट अध्यक्षको समेत दाबी गर्दै आएका गुरुङ्ग कोषाध्यक्षमा सर्वसम्मत भएका छन । उनी पर्वत जेसिज, पर्वत यातयात ब्याबसायी समिति तथा लायन्स क्लबहरुमा समेत सक्रिय छन । 15139397_937842269682340_1428808590_n
पोखरामा आयोजित तरुण दलको चौंथो महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका थिए भने सर्वसम्मत नेतृत्व चयन हुने क्रममा पर्वतका कांग्रेसका युवा नेता बिद्वान गुरुङ्ग कोषाध्यक्षमा निर्बीरोध निर्वाचित हुन । सर्बसम्मत चयन भएको नेतृत्वमा उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही रहेका छन । अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल पक्षका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेबिसंघका पुर्ब केन्द्रिय सदस्य मोहन आचार्यले मन्तब्य ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो