नेपालीसँग भएका ५ सय र हजारका भारु नसाटिने

imagesकाठमाडौं । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले नेपालीसँग भएको भारतीय रुपैयाँ (भारु) नसाट्ने बताएको छ । आरबीआईले नेपाल राष्ट्र बैंकलाई नेपालीसँग भएको एक हजार र पाँच सयका भारु नोट लिन नसकिने जानकारी गराएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
स्रोतका अनुसार आरबीआईले नेपालीसँग भएको पैसा नसाट्ने जनाउ दिएको छ । आरबीआईले नेपालका वाणिज्य बैंकहरुमा भएको पैसा भने लिने बताएको छ । “बैंकसँग भएको पैसा हामी साट्छौं,” आरबीइआईको भनाई उद्धृत गर्दै राष्ट्र बैंक स्रोतले बाह्रखरीसँग भन्यो, “तर, जनतासँग भएको एक हजार र पाँच सयको नोट सटही गर्दैनौं ।”
स्रोतका अनुसार बैंकसँग भन्दा पनि सर्वसाधारणसँग ठूलो परिमाणमा पाँच सय र एक हजारका भारु नोट छन् । ती नोट अब सटही नहुने पक्का भएको स्रोतको दाबी छ । राष्ट्र बैंकका उच्च अधिकारीले आरबीआईका अधिकारीसँग कुरा गर्दा औपचारिक रूपमा नेपाल भित्रिएको पैसामात्र साट्ने जवाफ दिएको बताइएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार औपचारिक माध्यमबाट नेपाल भित्रिएको ३ करोड रुपैयाँ सहटी गर्न भारतीय रिजर्भ बैंक तयार भएको छ । बैंकमा भएको उक्त रकम साटिने भएपछि वाणिज्य बैंकहरुले आफूसँग भएको भारतीय रुपैयाँको जानकारी राष्ट्र बैंकलाई गराइसकेका छन् ।
व्यवसायीहरु भने निश्चित समयसीमा तोकेर जनताको पैसा लिनुपर्ने बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले जनतासँग ठूलो परिमाणमा भारु रहेकाले निश्चित समय दिएर जनतालाई बैंकमा पैसा जम्मा गर्ने समय दिनुपर्ने बताए ।
नेपालीसँग २ अर्बभन्दा बढी भारतीय रुपैयाँ रहेको अनुमान छ । त्यसमध्ये तीन करोड रुपैयाँमात्रै साटिने राष्ट्र बैंक स्रोतले बतायो ।
नेपालीसँग भएको भारु कसरी साट्ने भन्ने बारेमा  छलफल गर्न बुधबार एनआरबी र आरबीआईका पदाधिकारीको एउटा कमिटीसमेत बनेको छ । त्यही कमिटीले बैंकिङ च्यानलभन्दा बाहिरको पैसा नसाट्ने निष्कर्ष निकालेको स्रोतको दाबी छ ।
२५ हजार रुपैयाँभन्दा बढी रकम अवैध हुने भएपछि राष्ट्र बैंकले यो परिमाणमा मात्र सटही गर्ने जनाएको छ । भारतीय बैंकहरुले प्रतिव्यक्ति ४ हजार भारुमात्र सटही गरेका छन् । stock-photo-d-stack-piles-of-india-money-269167043
चालु आर्थिक वर्षको भदौसम्म नेपाल राष्ट्र बैंकले ६४ करोड अमेरिकी डलर बेचेर ४२ अर्ब ८३ करोड भारु खरिद गरेको थियो । असोजको विवरण आउन बाँकी रहेकाले भारु सञ्चित योभन्दा बढी छ । भारतसँग भारुमा मात्र कारोबार हुने भएपछि राष्ट्र बैंकले त्यहाँको आरबीआईलाई डलर बेचेर भारु खरिद गर्दै आएको छ । नेपालको कुल व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग छ । बैंकका अतिरिक्त व्यक्तिसँग धेरै भारु संचिती रहेको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका