उत्कृष्ट गायिकामा पोख्रेली चेली सिता केसी मनोनयनमा
केपी कुमार जलन/बागलुङ्
विन्ध्यवासिनी फाउन्डेसनले वर्षेनि गर्दै आएको विन्ध्यवासिनी म्यूजिक अवार्ड र विन्ध्यवासिनी सम्मान साझमा यस बर्ष उत्कृष्ट लोकदोहोरी गितको रुपमा बिभिन्न बिधामा विन्ध्यवासिनी म्युजिक अवार्ड मा उत्कृष्ट पाँच गायिकाको नाममा पोख्रेली चेली सिता केसी मनोनयनमा परेकी छिन विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ २०७३ को नतिजा अनुसार गिती एल्बम ” उधारो माया “बाट टप फाईभमा पर्न सफल भएकी हुन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकी अंचलको बरिस्ठ उपाध्यक्ष समेत रहेकी छिन गायिका संगै टप फाईभमा मिरा पोख्रेल¸देबि घर्ती¸कला पंगेनी र मुना थापा टप फाईपमा परेका छन। अवार्डमा टप ५ का ३१ विधाका कलकारहरु परेका छन ।